काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित भएको छ।
निर्वाचन समितिले सूचना जारी गर्दै निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्न आज शुक्रवारका लागि तोकेको मिति अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेसंगै निर्वाचन अनिश्चित भएको हो ।
निर्वाचन समितिले निर्वाचनका कार्यक्रम स्थगित भए पनि महासंघले तोकेको मिति र समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ। सदस्यता विवादका कारण पटक/पटक महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ।
महासंघले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको निर्वाचन असोज १२ गतेका लागि तोकेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology