Logo

२०८३, श्रावण २७गते


images
images

महिला क्रिकेटमा नेपाल आज भारतसँग भिड्दै

महिला क्रिकेटमा नेपाल आज भारतसँग भिड्दै

images
  • महिला क्रिकेटमा नेपाल आज भारतसँग भिड्दै
    images
    images

    काठमाडौँ । नेपाली क्रिकेट टोलीले हङ्कङमा जारी एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा बिहीबार भारतको ’ए’ टोलीसँग प्रतिस्पर्धा गर्दैछ । जारी प्रतियोगितामा नेपाली टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।

    images
    images
    images

    नेपाल र भारत ‘ए’बीचको खेल बिहान ११ बजेर १५ मिनेटमा मा सुरु हुने तय भएको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा भने पाकिस्तान ’ए’ सँग पराजित भएको थियो । नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेको थियो । तर, जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २० ओभरमा ७८ रनमात्र बनाउन सकेको थियो ।

    images
    images
    images

    जारी प्रतियोगितामा यो भारतको पनि दोस्रो खेल हो । भारतले आफ्नो पहिलो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न नेपालका लागि यो खेलमा जित आवश्यक छ ।

    images
    images
    images

    प्राविधिक कारणले अन्तिम समयमा आएर थाइल्यान्डले प्रतियोगिता नखेल्ने भएपछि यो प्रतियोगितामा नेपालले सहभागिताको अवसर पाएको हो । एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।