Logo

२०८३, श्रावण २७गते


images
images

मलेसियासँग नेपाल फेरि पराजित

मलेसियासँग नेपाल फेरि पराजित

images
  • मलेसियासँग नेपाल फेरि पराजित
    images
    images

    काठमाडौं । नेपाली महिला क्रिकेट टिमले टी–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा मलेसियासँग हार ब्यहोरेको छ ।

    images
    images
    images

    शनिबार भएको खेलमा घरेलु टिम मलेसियासँग नेपाल चार विकेटले पराजित भएको हो । ९८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । मलेसियाकी विनिफ्रेड दुराईसिंगमले ३८ र महिराह इस्माइलले १६ रन बनाए । बलिङतर्फ नेपालका कविता कुँवर, कप्तान रुविना क्षेत्री, सीता रानामगर र कविता जोशीले समान १–१ विकेट लिए ।

    images
    images
    images

    यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ९७ रन मात्रै बनाएको थियो । नेपालका लागि इन्दु बर्माले ३२ र विन्दु रावलले २४ रन बनाए ।

    images
    images
    images

    यो जितसँगै मलेसियाले पाँच खेलको टी–२० सिरिजमा २–२ को बराबरी बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा सात विकेटले हराएको थियो भने तेस्रो खेलमा २७ रनले हराएको थियो । नेपालले भोलि आइतबार मलेसियासँग पाँचौँ खेल खेल्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।