Logo

२०८३, श्रावण २७गते


images
images

रविप्रतिको आकर्षणलाई बाबुराम भन्छनः ज्वालामुखी विस्फोटको संकेत हो

रविप्रतिको आकर्षणलाई बाबुराम भन्छनः ज्वालामुखी विस्फोटको संकेत हो

images
  • रविप्रतिको आकर्षणलाई बाबुराम भन्छनः ज्वालामुखी विस्फोटको संकेत हो
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलता र जनताको आकर्षणलाई ज्वालामुखी विस्फोटको संकेत भएको बताएका छन् । पूराना राजनीतिक दलले यसलाई गम्भीर रुपमा लिएर सच्चिनुपर्ने उनको भनाइ छ ।

    images
    images
    images

    पोखरामा राज्यद्वारा वेपत्ता पारिएका योद्धा पूर्ण पौडेल स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रममा भट्टराईले भने, ‘विदेशिएको यूवाहरुको असन्तृष्टी स्वरुप अहिले यस्तो खालको ब्याकल्यास पैदा भइराखोको छ । बेलैमा ठिक समाधान गर्न सकिएन भने हामी सबै रुपान्तरति भएर जिम्मेवारीबोधको वहन गरेर जनताको यी असन्तृष्टीलाई युवाहरुको असन्तृष्टिलाई सम्बोधन गर्न सकेनौं भने देश एउटा डर लाग्दो द्वन्द्वतर्फ जान सक्छ ।’

    images
    images
    images

    पूराना राजनीतिक दलसँग पैदा भएको असन्तृष्टिलाई गम्भिरतापूर्वक लिनुपर्नेमा उनको जोड छ । ‘यो केही पनि होइन भनेर टाल्ने प्रयत्न गर्नुहुँदैन । यो गम्भिरप्रकारको ज्वालामुखी विष्फोटको संकेत हो’, उनको भनाइ छ । बेलामै सच्चिएर जनताको आकंक्षा पूरा गर्न लाग्नुपर्ने पुराना दललाई डा. भट्टराईको सुझाव छ ।

    images
    images
    images

    उनले राजनीतिक क्रान्तिबिना आर्थिक र सामाजिक क्रान्ति सम्भव नहुने दाबी गरे । नयाँ पुस्तामा क्रान्ति गर्नु अपराध थियो भनेर भ्रम फैलाइएकोमा डा. भट्टराईको असन्तृष्टि छ । ‘क्रान्तिकारीले अपराध गरेको हुनाले देश विकसित भएन भनेर क्रान्तिकारीहरुलाई सराप्ने । हत्यारा आतंककारी दलाल भनेर बद्नाम गरिने जुन प्रवत्ति छ, त्यो सही होइन’, उनले भने ।

    गलत सुचित गरेर असन्तृष्टि फैलाउँदा हित नगर्ने उनले बताए । इतिहासको सम्मान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता लक्षित उनको सुझाव छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।