Logo

२०८३, कार्तिक २५गते


images
images

सुनवल खानेपानी संस्थामा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति

सुनवल खानेपानी संस्थामा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति

images
  • सुनवल खानेपानी संस्थामा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति
    images

    परासी। पश्चिम नवलपरासीको सुनवल नगरपालिका ४ घैयावारीमा रहेको सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानीको फिल्टर पानीको ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी भएको छ ।  

    images
    images
    images

    गर्मि र सुख्खा मौसममा घैयाबारी जङ्गलमा लागेको आगो सल्किएर खानेपानीको फिल्टर पानीको ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी हुन पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए  । 

    images
    images
    images

    आईतवार बिहान १० बजे तिर लागेको आगलागी स्थानीय मानिसहरु, दमकल  र प्रहरीको सहयोगमा  दिउसो १२ बजे  नियन्त्रणमा आएको हो । 

    images
    images

    आगलागिबाट मानवीय तथा चौपाय क्षती नभएपनि एचडिपि प्लास्टिकको  पाइप (१ ट्रक), गोदाम घर र शौचालयको झ्याल ढोकाको समेत गरी करिव २० लाख भन्दा बढी मूल्य बराबरको धनमाल क्षति  भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।