Logo

२०८३, श्रावण २७गते


images
images

आफन्त सहकारीको शाखा कार्यालय विस्तार

आफन्त सहकारीको शाखा कार्यालय विस्तार

images
  • सेतोमसी सहकर्मी
  • आफन्त सहकारीको शाखा कार्यालय विस्तार
    images
    images

    धुर्ब लामिछाने, देवदह । शंकरपुरमा केन्द्रीय कार्यालय रहेको आफन्त बचत तथा ऋण सहकारी संस्थाले आफ्नो तेस्रो शाखा कार्यालय विस्तार गरेको छ। 

    images
    images
    images

    २०६८ चैत्र २८ मा देवदह नगरपालिका वडा नं ११ मा स्थापना भएको आफन्त साकोषको  पहिलो सेवाकेन्द्र रोहिणी गाउँपालिका वडा नं ३ धकधईमा, दोश्रो सेवाकेन्द्र देवदह वडा नं ६ खैरेनीमा सञ्चालनमा आएको छ भने, तेस्रो शाखाको रूपमा देवदह वडा नं १ ६ नम्बरमा  सञ्चालनमा ल्याइएको हो। 

    images
    images
    images

    देवदह नगरपालिका वडा नं १ वडा अध्यक्ष दीपक प्रसाद नेपालले सेवा केन्द्र शुभारम्भ गरे। कार्यक्रममा बोल्दै नेपालले केन्द्रीय कार्यालय शंकरपुरमा छ भन्दा आफू निकै खुसी भएको बताए । उनले आफन्त बचत तथा ऋण सहकारी संस्थाले यस क्षेत्रमा गरेको मिहिनेत प्रति प्रशंसा गर्दै अब आफ्नै आगनमा समेत शाखा आएकोमा खुसी व्यक्त गरे। साथै संस्थालाई दिगो विकासका लागि व्यक्तिगत तथा वडाले समेत सबैखाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । 

    images
    images
    images

    बोल्ने क्रममा नेपालले आफ्नै क्षेत्रमा सञ्चालन भएका सहकारीको प्राण भनेकै बचत रहेकाले संस्थामा धेरै भन्दा धेरै सदस्य जोड्ने तथा सदस्यहरुलाई नियमित बचत गर्न आव्हान गरे। 

    छोटो समयमैं सबैको साथ, सहयोग र स्नेहले यस क्षेत्रकै एक उत्कृष्ट सहकारी बन्न सफल यस आफन्त सहकारीले अबको दुई वर्ष भित्रमै अन्य दुई ठाउँमा आफ्नो शाखा विस्तार गर्ने योजना रहेको संस्थाका अध्यक्ष गणेश सापकोटाले बताए।  

    पछिल्लो समय अर्थ क्षेत्रमा निकै गिरावट आएको अवस्था छ,यस्तो अवस्थामा पनि आफन्तले शाखा विस्तार गर्न सफल भएको छ। स्थापनाकालमा २२ जना सदस्य सहित एक जना कर्मचारी लिएर एउटा सटरमा सुरुवात गरिएको यस संस्थामा हालसम्म आइपुग्दा १४ जना कर्मचारी र ४१ सय  सदस्य रहेका छन् भने, सेयर पुँजी २ करोड ६० लाख रहेको छ।  

    सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत 
    विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ। 

    संस्थाका अध्यक्ष  गणेश सापकाेटाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा देबदह वडा नं १.का वडा अध्यक्ष दिपक प्रसाद नेपाल, वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकसकाेटि, कृषि सहकारी संस्थाका लेखा संयोजक दिपक पाैड्याल ,केरवानी खाने पानीका अध्यक्ष  बाेधराज गाैड्याल ,भबिष्य निर्माण उच्च मा. बि.का प्रचार्य गाेबिन्द भुसाल, समाजसेवी लगायत दर्जनाै अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमको स्वागत मन्तब्य सञ्चालक समितिका सदस्य तथा ६ नम्बर सेवाकेन्द्र उप समितिका संयोजक हुम प्रसाद पाठकले राखेका थिए भने,कार्यक्रमको सञ्चालन संस्थाका सचिब मनकला पान्डेयले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आफन्त सहकारी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।