देवदह । रुपन्देहीको देवदहमा रहेको आफन्त बचत तथा ऋण सहकारी संस्थाले दुर्घटनामा परेर ज्यान गुमाएका सदस्यको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १ लाख दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
धकधई शाखामा सेयर सदस्य भएका ओमसतीया ५ सिसहनियाका राजकिशोर चाईको मोटरसाइकल दुर्घटनामा मृत्युपछि सहकारीले दिने बीमा अन्तर्गतको १ लाख रकम शनिबार सहकारीको एक कार्यक्रममा उनका छोरा गौरीशंकर चाईलाई हस्तान्तरण गरिएको हो ।
सहकारीका अध्यक्ष गणेश सापकोटाले उक्त मृत्यु दाबी चेक हस्तान्तरण गरेका हुन्।
सहकारीले सेयर सदस्यहरुको दुर्घटना बीमा अन्तर्गत १ लाखको बीमा तथा क्रिया खर्च २० हजार प्रदान गर्दै आइरहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology