देवदह । आफन्त बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा चन्द्रकान्त पराजुली चयन भएका छन् । शनिबार देवदह ११ शंकरपुरमा अवस्थित केन्द्रीय कार्यालयको प्राङ्गणमा सम्पन्न संस्थाको १३औं वार्षिक मूल साधारणसभा तथा अधिवेशनले पराजुलीको अध्यक्षतामा १४ नयाँ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
साधारणसभामा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले आर्थिक उपार्जन र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहने बताइन् । पछिल्लो समय एकाध सहकारीमा देखिएको समस्याका कारण सहकारी क्षेत्रमा त्रासको वातावरण सृजना भइरहेको बताउँदै उनले ऐन, विधि र नियमानुसार सञ्चालित सहकारीहरूमा कुनै समस्या नरहेको उल्लेख गरिन् । गुरुङले सहकारी सर्वसाधारणको सारथी भएको बताउँदै बचत गर्ने बानीको विकास गर्न आग्रह गरिन् । छोटो समयमै आफन्त सहकारीले धेरै राम्रो उन्नति प्रगति गरेको भन्दै उनले आगामी वर्षमा अझ राम्रो प्रगति गर्छ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरिन् ।
निर्वाचन उपसमितिका संयोजक कुल प्रसाद पाण्डेका अनुसार कार्यसमिति उपाध्यक्षमा गोमा पौडेल पाण्डे चयन भएकी छन् भने सचिवमा अर्जुन गुरुङ र कोषाध्यक्षमा पार्वती न्यौपाने चयन भएका छन् । संचालक समिति सदस्यहरुमा धुर्ब लामिछाने, राम निवास यादव, राज कुँवर, विर बहादुर राना, आइ बहादुर गुरुङ्ग र सुनिता पुन चयन भएका छन् ।
साधारणसभाले कृष्ण बहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति गठन समेत गरेको छ । जसको सदस्यमा माधव आचार्य र घनश्याम पाण्डेय सदस्य रहेका छन् ।
साधारणसभाले अध्यक्ष गणेश सापकोटाको प्रतिवेदन पारित गरेको छ ।
सो अवसरमा उत्कृष्ट कर्मचारी सम्मान, २०८० सालको प्रकाशित नतिजा २०८१ को एसीईई +२ परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने विद्यालयका दुई विद्यार्थीलाई सम्मान समेत गरिएको थियो।
२०६८ माघ २१ गते स्थापना भएको आफन्त साकोसका चार ठाउँमा शाखा विस्तार भएका छन् । शंकरपुर, छ नम्बर, खैरेनी र रोहिणी-३ धकधई सेवाकेन्द्र मार्फत सहकारीले सेवा प्रदान गरिरहेको छन ।
संस्थामा २८५७ महिला र २३६२ पुरुष गरी ५ हजार २ सय १९ सेयर सदस्यहरु रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology