Logo

२०८३, श्रावण २७गते


images
images

१७ करोड मूल्य बराबरको झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिला पक्राउ

१७ करोड मूल्य बराबरको झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिला पक्राउ

images
  • १७ करोड मूल्य बराबरको झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिला पक्राउ
    images
    images

    काठमाडौँ । १७ करोड मूल्य बराबरको भएको झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

    images
    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लैजान लागिएको उक्त परिमाणको कोकिन बरामद गरी भारत घर भएका भल्लालोमी र इस्थर ललिमपुईलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार त्यसको अवैध बजार मूल्य अहिले रु १७ करोडभन्दा बढी छ 

    images
    images
    images

    दुई जनाले फरकफरक झोलामा फरकफरक समयमा हवाइमार्ग हुँदै कोकिन निकासी गर्न लागेको पनि ब्यूरोले जानकारी गराएको छ । उनीहरूले लगेजमा फल्सबटम बनाएर अवैध लागुऔषध कोकिन भारत लैजान लागेका थिए । विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले इन्डिगो विमानबाट भारत जान लागेका बेला भाल्लालोमीको लगेज शङ्का लागि जाँच गर्ने क्रममा कोकिन फेला परेपछि विमानस्थलको प्रस्थान कक्षबाट उनलाई पक्राउ गरिएको हो ।

    images
    images
    images

    उनको लगेजभित्र चार वटा लेडिज ब्याग फेला परेको र ती ब्यागमा फल्सबटम बनाई भारतको नयाँ दिल्लीतर्फ तीन किलो कोकिन निकासी गर्न लागिएको फेला परेको थियो । उनको बयानका आधारमा ठमेलस्थित एक होटलमा अनुसन्धान गर्दा पाँच किलो कोकिनसहित ललिमपुईलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    उनले पनि भारत निकासीका लागि तयारी अवस्थामा सुटकेसभित्र फल्सबटम बनाई कोकिन राखेका पाइएको छ । आज सार्वजनिक विवरणअनुसार दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।