Logo

२०८३, आश्विन १०गते


images
images

मुलुक चुनौतीपूर्ण अवस्थामा छ, प्रचण्डको कार्यकालमा सुधार हुन्छः प्रभु साह

मुलुक चुनौतीपूर्ण अवस्थामा छ, प्रचण्डको कार्यकालमा सुधार हुन्छः प्रभु साह

images
  • मुलुक चुनौतीपूर्ण अवस्थामा छ, प्रचण्डको कार्यकालमा सुधार हुन्छः प्रभु साह
    images
    images

    काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन् । 

    images
    images
    images

    सरकारमा जाने तयारीमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहालबारे सो प्रतिक्रिया दिएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे । 

    images
    images
    images

    उनले जनताले बैंकबाट ऋण लिन नपाउने अवस्थाका अन्त्य गर्न सरकार गम्भीर हुने आशा आफूले गरेको बताए । अध्यक्ष साहले भने, ‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहनु भएको छ । हामीले आशा राखौं–उहाँको कार्यकालमा यो चुनौतिहरुमा सुधार होस् । यो गतिहरुमा नयाँ रफ्तार समातोस् भन्ने विश्वास हामी प्रकट गर्न चाहन्छांै । अहिले मुलुकमा पैसाको हाहाकार छ । किसान मारमा छन । प्रधानमन्त्री निवास, संसद भवन निर्माणको अवस्था बेहाल छ । जनताले धितो राखेर पनि बैंकबाट पैसा पाईराखेको छैन । उत्पादनको लागि पैसा पाईराखेको छैन । पाएको पैसा पनि बैकिङ मनोमानीले जनतालाई थला पारिसक्यो ।’

    images
    images
    images

    अध्यक्ष साहले कृषि पेशालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरुले पार्टी एकता गर्नु परेको स्पष्ट पारे । 
    क्रान्तिकारीहरु एकतावद्ध भए मात्रै मुलुकमा जनताको आवश्यकता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरुले पार्टी एकताको कामलाई पनि सुरु गरेको उनको भनाइ थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रभु साह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।