Logo

२०८३, आश्विन १०गते


images
images

पार्टी कार्यालय निर्माणका लागि प्रभु साहले मागे मिनबहादुरसँग जग्गा

पार्टी कार्यालय निर्माणका लागि प्रभु साहले मागे मिनबहादुरसँग जग्गा

images
  • पार्टी कार्यालय निर्माणका लागि प्रभु साहले मागे मिनबहादुरसँग जग्गा
    images
    images

    वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग जग्गा माग गरेका छन् ।

    images
    images
    images


    दशैं, दिपावली एंव छठ पर्वको शुभ अवसरमा मंगलबार सिरहाको गोलबजारमा आजपा सिरहा जिल्ला कमिटीद्वारा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रममा सहभागी साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन् ।

    images
    images
    images

    ‘अर्बौंको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि !’ उनले भने।

    images
    images
    images

    अर्बौंको सम्पत्ति एक अर्बपति पार्टीलाई दान गरिएको उनले बताए । ‘दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ,’ साहको भनाइ थियो। एमाले लाखौं सदस्य भएको अर्बपतिको पार्टी भएको बताउँदै उनले सदस्यहरुबाटै सय सय रुपैयाँ चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सक्ने अवस्था रहेको तर घुसमा पाएको जग्गा र कार्यालय पाएर एमालेजन रमाएको बताए ।

    आफ्नो पार्टी कार्यालयसमेत बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुनै नसक्ने बताउँदै आजपा अध्यक्ष साहले अब मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी प्रभु साहले लिन तयार रहेको जिकिर गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रभु साह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।