Logo

२०८३, आश्विन १०गते


images
images

उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ? : प्रभु साह

उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ? : प्रभु साह

images
  • उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ? : प्रभु साह
    images
    images

    काठमाडौं । स्वतन्त्र सांसद प्रभु सशाहले यति धेरै उपप्रधानमन्त्री के का लागि चाहिएको भन्दै प्रश्न गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरलाई समर्थन गर्दै उनले पदहरु आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने बताए । 

    images
    images
    images

    ‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरु, के यति जरुरी थियो ? के आवश्यकताको कोणबाट यति उपप्रधानमन्त्री बनाएको हो ? यो उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ? नेपाली जनतालाई उत्साहित गर्छ’ उनले भने ।

    images
    images
    images

    अहिलेको सरकारमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री छन् ।
    सांसद साहले उपप्रधानमन्त्री नै चाहिने भए परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा उपयुक्त हुने बताए ।

    ‘परराष्ट्रमन्त्रीमा विदेशीसँग पोर्टिफोलियो मिल्थ्यो, रक्षा मन्त्रालयमा सेनाको मनोबल उठाउन उपप्रधानमन्त्री चाहिन्थ्यो कि ?’ उनले प्रश्न गरे ।

    भागवण्डाको राजनीति भनेको व्यक्ति खुशी बनाउने राजनीति भएकाले यसलाई ब्रेक थ्रु गर्नुपर्ने साहले बताए । ‘मन्त्रालयकै काम गर्ने हो भने उपप्रधनम्न्त्री किन चाहिन्थ्यो ?’ उनले भने ।

    पदहरु आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने भन्दै उनले भागवण्डाको राजनीतिले देश लाई समृद्धिको बाटोमा नजाने बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रभु साह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।