Logo

२०८३, श्रावण २७गते


images
images

देश र पार्टीको अवस्थाले मलाई चिन्तित बनायो- झलनाथ खनाल

देश र पार्टीको अवस्थाले मलाई चिन्तित बनायो- झलनाथ खनाल

images
  • देश र पार्टीको अवस्थाले मलाई चिन्तित बनायो- झलनाथ खनाल
    images
    images

    २ असार बुटवल– नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले रिसराग, अहंकार र बदला भाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
    उपचारका लागि दिल्ली प्रस्थान गर्नुअघि विज्ञप्ति जारी गर्दै नेता खनालले पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न भनेका छन ।

    images
    images
    images

    उनले बिज्ञपतीमा लेखेका छन ‘एकता जोगाउन सकेमात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं। त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहान्छु ।
     
    राजनीतिक अवस्था विथोलिनाले दलहरुभित्र विवाद र ध्रविकरण बढेको र जसको कारण नेकपा एमालेमा त्यसको प्रत्यक्ष असर परेको बताउँदै त्यसको कारण देश, जनता र लोकतन्त्रका निम्ति दुर्भाग्य रहेको बताए ।

    images
    images
    images

    त्यही अन्तर संघर्षको पराकम्प हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ,’ उनले भनेका छन्,‘राष्ट्रिय एकता, अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो। 

    images
    images
    images

    एमाले लामो समयदेखिको संघर्षका कारण यहाँसम्म आइपुगेको र त्यहि कारण देशको नेतृत्वदायी पार्टी बनोस् र जनताको हित विकास र समृद्धीको बाहक बनोस् भन्ने आम मानिसहरुको धारणा भएपनि नेताहरुभित्र देखिएका गलत प्रवृतीका कारण पार्टी गम्भीर संकटमा परेको बताए ।
    ‘हाम्रो पार्टी नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो। सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको छ,’ उनले भनेका छन्,‘तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ।’
    देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको भन्दै उनले विगतमा सबै मिलेर ठूलाठूला सफलताहरु प्राप्त गरेको स्मरण गर्न भनेका छन् । 

    उनले एकता सफलताको बाटो भएको र फुट बिनासको भएको बताएका छन्। नेता खनालले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा आफू केही दिनका लागि देश बाहिर जान लागेको प्रष्ट्याएका छन् । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन् ।


    स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार नर्भिक अस्पतालमा भर्ना भएका खनाल चिकित्सकहरुको सल्लाहमा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि आज दिल्ली प्रस्थान गरिसकेका छन् । साथै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।

    Screenshot_20210616-183847_Hamro Patro.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।