Logo

२०८३, आश्विन १०गते


images
images

भारी वर्षाका कारण अर्घाखाँचीका ६ वटै स्थानीय तहको जनजीवन अस्तव्यस्त

भारी वर्षाका कारण अर्घाखाँचीका ६ वटै स्थानीय तहको जनजीवन अस्तव्यस्त

images
  • सेतोमसी सहकर्मी
  • भारी वर्षाका कारण अर्घाखाँचीका ६ वटै स्थानीय तहको जनजीवन अस्तव्यस्त
    images
    images

    दिपेन्द्र खत्री   अर्घाखाँची । केही दिन अगाडि देखि  लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको जनजीवन अस्तव्यस्त तथा  कष्टकर  भएको छ ।सदरमुकाम सन्धिखर्क लगायत  जिल्लाभरका सहरी तथा ग्रामीण भेगका सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।

    images
    images
    images

    जिल्लाकाे छ वटा स्थानीयतहनै अविरल वर्षाका कारण अाकुल व्याकुल भईरहेकाे अबस्था छ। सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,शितगंगा नगरपालिका, मालारानी गाउँपालिका,पाणिनी गाउँपालिका,  र छत्रदेव गाउँपालिकामा पहिरोका कारण कयौ घर परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।

    images
    images
    images

    वर्षाका कारण जिल्ला भित्रका नागरिकको जनजीवन अस्तव्यस्त तथा  कष्टकर  हुदै गएको भन्दै  स्थानीय बासिन्दा त्रसित छन्।नागरिक अावतजाबत गर्न नसक्ने अबस्था छ,सन्धिखर्क नगरपालिकाकाे भुजुङे गाउँका स्थानियबासीहरु पहिरोका कारण गाउँ छोडेर छिमेकीमा बस्न वाध्य भएका छन् । सडक पहिरोले अवरुद्ध भएका छन् । ठाउँ - ठाउँमा पहिरो जाँदा सन्धिखर्क - गोरुसिङ्गे सडक लगायत कयौं सडक अवरुद्ध भएको छन् । 

    images
    images
    images

    जिल्लामा वर्षाका कारण सामुदायिक बिधालय हरुका भवन हरुपनि उच्च जाेखिम छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको श्री चन्द्रप्रभा मावी डिहिडाँडाको भवन, भुमिकास्थान नगरपालिका ५ असुरकोट र  ६ खिल्जीकाे श्री जनप्रिय मावी उच्च जोखिमा परेका छन्।

    उता जिल्ला प्रशासन कार्यालयले अविरल वर्षाका कारण बाढी, पहिरो जान सक्ने भन्दै सम्पूर्ण जिल्लाबासीहरुलाई उच्च सतर्कतामा रहन अनुरोध गरेको छ । भने जिल्ला विपद् व्यवस्थापन समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उच्च सतर्कतामा राखेको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्घाखाँची
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।