राजेश पराजुली, गण्डकी प्रदेश ,चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले राप्तीबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले राप्ती नगरपालिका–१२ का ३२ वर्षीय चन्द्रबहादुर प्रजालाई करिब ६५ किलो गाँजासहित नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
प्रजामाथि थप अनुसन्धान भइरहेको छ । आज बिहान करिब ९ बजेको समयमा प्रहरीले प्रजालाई राप्ती–२ राईटोलबाट नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी नायव निरीक्षक पदम बहादुर बस्ताकोटीको कमाण्डमा खटिएको टोलीले प्रजालाई पक्राउ गरेको पण्डितले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology