Logo

२०८३, आश्विन १०गते


images
images

पोखरामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु

पोखरामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु

images
  • पोखरामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा एक युवतीको ज्यान गएको छ । पोखराको चिप्लेढुंगामा आज बिहान सवा ९ बजे स्कुटरलाई बसले ठक्कर दिँदा युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार चिप्लेढुंगामा ग १ ख ७१०८ नम्बरको नगर बसले ग९प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा झापा दमक घर भई पोखरा बस्ने २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

    images
    images
    images

    बसको ठक्करले सख्त घाइते भएकी उनलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बस र बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।