देवदह । लायन्स क्लब अफ देवदह प्रोफेसनल युथले शैक्षिक सामग्री वितरण गरेको छ। सोमबार एक कार्यक्रमबीच क्लबले देवदह-२ स्थित पेटबनिया अधारभुत विद्यालयमा स्टेसनरी सामग्री वितरण गरेको हो।
विद्यार्थी प्रोत्साहन एवं शैक्षिक समाग्री सहयोग गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको क्लबका कार्यवाहक अध्यक्ष कमल पौडेलले जानकारी दिए।
उक्त कार्यक्रममा लायन्स क्लबका अर्जुन मान सैजु, पुरुसोत्तम प्रधाङ्ग, दिपेश मल्ल, नवीन थापा मगर, कृष्ण प्रसाद न्यौपाने, बिमाल तिवारी लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology