देवदह । लायन्स क्लब अफ देवदह प्रोफेसनल युथले छैटौं स्थापना दिवस मनाएको छ । कार्यक्रममा लायन वर्ष २०२५/०२६ मा क्लबलाई चलायमान बनाउन भूमिका खेलेका पदाधिकारी तथा सदस्यसँगै विभिन्न संघसंस्था र तिनका प्रतिनिधिलाई सम्मान गरिएको छ ।
कार्यक्रममा क्लबको भ्रातृ संस्था लियो क्लब अफ भिजनरी युथका संस्थापक सुमन गुरुङसहितको टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ पी का डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधन, पूर्व अध्यक्ष अर्जुनमान सैजु, लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष विष्णु प्रसाद पौडेल, पूर्व अध्यक्ष विमल तिवारी, स्वर्णिम सगरमाथा कलेजका प्राचार्य कृष्ण प्रसाद पौडेल, क्लबका संस्थापक अध्यक्ष दिपेश मल्ल तथा पूर्व अध्यक्ष एवं रिजन चेयरपर्सन कमल पौडेलले धारणा राखेका थिए ।
वक्ताहरूले समाजसेवा गर्न मन चाहिने बताए । युवामा सामाजिक सेवाको ऊर्जा विकास गराउनु लायन्स अभियानको महत्वपूर्ण उपलब्धि भएको उनीहरूको भनाइ छ । युवाको माध्यमबाट मात्रै विकास र परिवर्तन सम्भव हुने भन्दै उनीहरूले क्लबमा नेतृत्व गरिरहेका युवाको गतिविधिबाट प्रभावित भएर अन्य युवासमेत सामाजिक कार्यमा जोडिने गरेको बताए ।
क्लबका अध्यक्ष नवीन थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक दिपेश पाण्डेको स्वागत तथा सचिव विकास श्रेष्ठको सञ्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology