राजेश पराजुली, गण्डकी प्रदेश, चितवन । चितवन सीमान्तकृत चेपाङ समुदायका बालवालिकाहरुले सोमबार होली खेलेका छन् । गामवेसीँको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालवालिकाहरुले एक आपसमा रंग दलेर होली पर्व मनाएका हुन् ।
विहानको खानापछि एउटै पोसाकमा सजिएका बालवालिकाहरुले एक आर्कामा रंग दलेर आत्मियता साटासाट तथा होली पर्वको शुभकामना आदान प्रदान समेत गरेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिए ।
साना साना बालवालिकाले होली खेलेको दृष्य लोभलाग्दो थियो । वालवालिकाहरुले अनुसाशित रुपमा खेलेको होलीको सञ्चारकर्मीहरु फोटो तथा दृश्य क्यामरामा कैद गरिरहेका थिए । चेपाङ बालवालिकाको होली क्यामरामा कैद गर्न लायक थियो पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले भने, “आजभोली अनुसाशित रुपमा होली खेलेको विरलै देख्न पाइन्छ ।”
चेपाङ समुदायले संस्कृति पर्वको रुपमा होली मनाउदै आएका छन् । आर्थिक अभावका कारण चेपाङ डाँडामा यसको प्रभाव खासै देखिदैन । पर्वमा मिठो खान र रंग किन्न समेत नसक्ने आर्थिक अबस्था भएका कतिपय चेपाङ समुदायहरु अरुले खेलेको होली हेरेर चित्त बुझाउनु पर्ने बाध्यकारी अबस्था रहेको छ।
सानै उमेर देखि चेपाङ बालवालिकालाई परम्परागत संस्कृतिप्रति उत्तरदायी बनाउन केन्द्रले हरेक बर्ष होली विशेष कार्यक्रम गर्दै आएको अध्यक्ष शर्माले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology