Logo

२०८३, श्रावण २७गते


images
images

पोखरामा होलीमा सुरक्षा व्यवस्था कडा पारिने

पोखरामा होलीमा सुरक्षा व्यवस्था कडा पारिने

images
  • पोखरामा होलीमा सुरक्षा व्यवस्था कडा पारिने
    images
    images

    राजेश पराजुली, पोखरा । आज सोमबार देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीले फागु पर्वलाई संयमित र आपसी सद्भावका साथ मनाउन आग्रह गरेको छ । होली पर्वमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको कास्की प्रहरी प्रमुख, एसपी अजय केसीले जानकारी दिए ।

    images
    images
    images

    एसपी केसीले होलीका दिन बिहानैदेखि रातिसम्मै शहरका प्रमुख स्थान, राजमार्ग र भित्री सडकखण्डमा चेकजाँच कडा पार्न लागिएको बताए । एसपी केसीले भने – ‘हामीले होली पर्वमा कुनैपनि घटना नघटोस् भन्ने मनसायका साथ बिहानदेखि नै चेकजाँचलाई कडा पार्ने निर्णय गरेका छौँ । सर्वसाधारणमा पनि होली शान्तिपूर्ण वातावरणमा सौहार्दपूर्वक मनाउनका लागि सूचना जारी गरेका छौँ ।

    images
    images
    images

    होली खेल्ने क्रममा आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेका छौँ ।’ एसपी केसीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेल्मेट नलगाउने र मोटरसाइकलमा २ जना भन्दा बढी सवार हुने, सवारी साधन अनियन्त्रित ढंगले चलाउने, हर्न बजाउने, ईच्छा विपरित लोला हान्ने तथा रंग दल्ने, हो–हल्ला गर्ने, जबर्जस्ती अमर्यादित गैरकानुनी र उच्छृङ्खल व्यवहार गर्ने सबैलाई कारवाही गरिने जानकारी दिए। अराजक क्रियाकलाप गरे कारबाहीः प्रशासन यसैबीच, जिल्ला प्रशासन कार्यालय कास्कीले मर्यादित ढंगले फागु पर्व मनाउन अनुरोध गरेको छ ।

    images
    images
    images

    कास्की प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै पर्व मनाउने नाममा अराजक र अवाञ्छित कार्यहरु नगर्न नगराउन सूचित गरेको छ । ‘रंगको माध्यमबाट एक अर्कामा खुशी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारी साधनहरुबाट रकम असुल्ने जस्ता सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृंखल एवं अवाञ्छित कार्यहरु नगर्न नगराउनुहुन सुचित गरिन्छ ।’

    विज्ञप्तिमा उल्लेख छ – ‘साथै, यो सूचनाको अवज्ञा हुने गरी कुनै क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।