Logo

२०८३, श्रावण २७गते


images
images

मुस्ताङमा  गोरु काटेको अभियोगमा ६ जनालाई  जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ

मुस्ताङमा  गोरु काटेको अभियोगमा ६ जनालाई  जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • मुस्ताङमा  गोरु काटेको अभियोगमा ६ जनालाई  जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ
    images
    images

     राजेश पराजुली, गण्डकी प्रदेश,जोमसोम । गोरु काटेको अभियोगमा ६ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको छ । मुस्ताङको थासाङ–२ सेकुङ जंगलमा गोरु काटेको सूचना प्रहरीलाई जानकारी गराए लगत्तै प्रहरी टोली घटना स्थलमा पुगेको थियो । प्रहरीले घटना स्थल नजिकबाट गोरु काटेको आरोपमा ६ जना व्यक्तिलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    मुस्ताङको थासाङ गाउँपालिका स्थित सेकुङ लेंकमा गोरु काटेको अभियोगमा थासाङ लेतेमा बस्दै आएका रोल्पा थवाङ गाउँपालिका ३० वर्षीय कुलमान मगर, २६ वर्षीय सन्तोष परियार, बाग्लुङ ढोरपाटनका ३२ वर्षीय दिपक मगर, सोलुखुम्बु माकुलुङका ३७ वर्षीय बुद्धि राई, धरान जन्ते ढुंगाका २३ वर्षीय रावल क्षेत्री र ४२ वर्षीय राजकुमार गर्बुजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार थासाङको सेकुङ जंगलमा प्रहरीले घटना स्थलबाट गोरुको पुच्छरसहितको छाला, गोरुको टाउको र दुई खुट्टा फेला पारेको थियो । स्थानीयको रोहबरमा प्रहरीले बरामत गरिएको टाउँको ,पुच्छर र खुट्टा कानुनी प्रक्रिया पू¥याएर खाल्डो खनी नष्ठ गरेको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

    images
    images
    images

    सेकुङको जंगलमा काठ काठ्ने काम गर्दैआईरहेका कामदारहरुले स्थानीय गिरीसिंह शेरचनको चरनक्षेत्रमा छाडिएको गोरु काटेको प्रारम्भिक अनुसन्धानले पुष्ठि भएको छ । आरोपित व्यक्तिहरुले आफुहरुले गोरु काटेको प्रहरी समक्ष कबुल गरेका छन् ।

    नेपालको कानुनले गाई,गोरु मान र कुट्न बर्जित गरेको छ । यदी कसैले गाई गोरु मारेमा त्यस्ता व्यक्तिलाई ३ वर्षसम्मको कैंद सजाय तोकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।