Logo

२०८३, श्रावण २७गते


images
images

यूके पठाइदिन्छु भनेर २३ लाख ठग्ने २ जना पक्राउ

यूके पठाइदिन्छु भनेर २३ लाख ठग्ने २ जना पक्राउ

images
  • यूके पठाइदिन्छु भनेर २३ लाख ठग्ने २ जना पक्राउ
    images
    images

    काठमाडौं । यूके पठाइदिन्छु भन्दैं २३ लाख ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार सुदिशले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र टिकटकबाट साथी बनाई आफू मलेसियाको नागरिक हाल बेलायतमा डाक्टर रहेको भन्दै बेलायतमा रोजगारी खोज्न सहयोग गर्ने प्रलोभन देखाउने गरेका थिए । त्यसपछि उनले फोटो, पार्सपोर्ट, नागरसकता लगायतको व्यक्तिगत विवरण पठाउन लगाउने गरेका थिए ।

    images
    images
    images

    पार्सल, आकर्षक गिफ्ट, डलर लगायतको सामान पठाएको छु भन्ने र सो गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको छ भन्सार शुल्क चाहिने भन्दै पैसा पठाउन लगाउने गरेका थिए । प्रहरीका अनुसार पैसा भने सुनिता परियारको खातामा पठाउने लगाउने गरेका थिए ।

    images
    images
    images

    प्रहरीले उनको खातामा २३ लाख रुपैयाँ भेटेको छ । उनीहरुविरुद्ध ४ जनाले उजुरी दिएको छन् । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।