सूर्य सुनार, गुल्मी । महामारीको अवस्थामा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पहलमा गुल्मी क्षेत्र नम्बर १ र २ का सबै स्वास्थ्य संस्था देखी गाउँ गाउँमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले गुल्मी क्षेत्र नम्बर २ का सबै वडाहरुमा स्वास्थ्य सामग्री पठाउएका छन् । जसमा ४० हजार मास्क, ५ लिटरका ४० गेलिन सेनिटाइजर र ४० वडा पल्सअक्सिमिटर सहयोग गरिएको हो । नेपाली काग्रेसले क्षेत्र नम्बर १ का सबै वडाहरुमा पनि स्वास्थ्य सामग्री वितरण गरेको छ ।
स्वास्थ्य सामग्री वितरण गर्न जिल्ला पाटी सभापति भुवनप्रसाद श्रेष्ठ, सचिब खिल्ध्वज पन्थी, क्षेत्र नम्बर १ का सचिव सन्तोष गौतम, नेता लोकप्रसाद खरेल, कालीगण्डकी सहसंयोजक अशोक ठकुरी, मालिकाका छाया सरकार प्रमुख उपेन्द्र अर्याल सहितको टोलीले स्वास्थ्य सामग्री वितरण गर्न गएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology