Logo

२०८३, आश्विन ९गते


images
images

साहित्य

कविता: कमिसन 

कविता: कमिसन 

images
  • सेतोमसी सहकर्मी
  • कविता: कमिसन 
    images
    images

    सतहको निकै गहिराईमा
    समाज बिखण्डनका गुलिया विष बोकेर
    तैरिदै थियो जातियताका पनडुब्बीहरु।

    images
    images
    images

    सतह भन्दा धेरैमाथी 
    पुँजिवादी हावामा
    कानुनको घाँटी बांधेर
    उड्दै थियो संघीयताका बेलुनहरु ।

    images
    images
    images

    ठेकेदार मालिक बने
    मजदुर सुकुम्बासी बने
    जनताका सपना तुहाएर
    नाच्दै थिए नेताहरु ।

    images
    images
    images

    मेचिमहाकालिको परिधिभित्र 
    चुनाव उपचुनाव दल बदलको भोजभतेरमा
    गणतन्त्रको मेचमाथी पस्किदै थियो
    सामन्तवादका नयाँनयाँ परिकारहरु।

    यता 
    श्रम बेच्न मंगलसुत्र धितो राखेर
    उड्दै थियो जहाजमा मजदुरहरु ।

    सिनोमा गिद्व झ्याम्मिए जस्तै
    भागबन्डामा दलहरु लुछाचुडी गर्दैगर्दा
    मानव निर्यात गरेर आयात गरेको चामलमा
    आँशुको पानी मिसाएर धान्दै थिए जिवनहरु।

    रेमिटान्सको सुगन्धले जुँगा मुसार्दै गर्दा 
    खाडीमा बगेको रगत भित्र
    खोज्दै थिए जिवनबिमाको कमिसनहरु ।
    खोज्दै थिए जिवनबिमाको कमिसनहरु ।

    रामचन्द्र तिम्सिना (आवाज)
    म्यागङ -५ नुवाकोट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • # कमिसन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।