देवदह । अनेरास्ववियु देवदहले बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साहित गराईएको भन्दै देवदहका तीन वटै व्यवसायी संघ संस्थाद्वारा विज्ञप्ति जारी गरिएको प्रती अनेरास्ववियु जिल्ला कमिटी रुपन्देहीले आपत्ति जनाएको छ ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष साजन भन्डारीद्वारा जारी ध्यानाकर्षण पत्रमा अखिलले स्थापनाकालदेखि नै यस प्रकारका कार्य गर्दै आएको उल्लेख गर्दै अनेरास्ववियु देवदह नगर समितिले त्यसलाई निरंतरता मात्रै दिएको जनाईएको छ ।
केहिदिन अघि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु देवदहले महामारीको समयमा व्यवसायीले कालोबजारी गरेको भन्दै बजार अनुगमन गरेपछी देवदहमा स्थापित उद्योग व्यवसायीहरुका संगठन उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष गोपाल प्रसाद ढकाल, देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ र उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खातीद्वारा बुधबार एक विज्ञप्ति जारी गरिएको थियो । उक्त विज्ञप्तिमा नगरपालिकाको अनुमती नलिई, सम्बन्धित निकायका प्रतिनिधिहरुको उपस्थिति बिना नै बजार अनुगमनको नाममा व्यवसायीलाई दु:ख दिईएको भन्दै आपत्ति जनाईएको थियो ।
अनेरास्ववियुको विज्ञप्ति 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology