देवदह । देवदहमा क्रियाशिल उद्योगी व्यवसायी संघ संस्थाले अनेरास्ववियूले व्यवसायीलाई हतोत्साहीत गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार (आज) एक विज्ञप्ति जारी गर्दै देवदह उद्योग वाणिज्य संघ, देवदह व्यापार संघ र उद्योग व्यापार संघ, देवदहका अध्यक्षहरुले उक्त कुरा सार्वजनिक गरेका हुन् ।
कोरोना संक्रमण र त्यसले निम्त्याएका जटिल समस्याहरुले अफ्ट्यारोमा परेका व्यवसायीलाई सरकारी निकायको अनुमती बिना नै बजार अनुगमनको नाममा अनावश्यक दु:ख दिईएको भन्दै गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाईएको छ । सम्बन्धित निकायको सहमति र निर्देशन विना गरीने क्रियाकलापहरु तुरुन्त रोक्न स्थानिय सरकार र स्थानिय प्रशासनको ध्यानाकर्षण गराउँदै त्यस प्रकारका कार्यहरुमा तत्काल रोक लगाउन समेत विज्ञप्तिमा माग गरिएको छ ।
साथै, महामारीको जटिल अवस्थामा वदमासी गर्ने कुनै पनि व्यवसायीलाई सप्रमाण सम्विन्धित निकायमा पेश गरेका खण्डमा कानुन बमोजिम कार्वाहीका लागि आफुहरुले पुर्ण रुपमा सघाउने प्रतिवद्धता व्यक्त गर्दै सरकारी मापदण्डको पुर्ण पालना गरि व्यवसाय गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।
विज्ञप्तिमा उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष गोपाल प्रसाद ढकाल, देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ र उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खातीद्वारा हस्ताक्षर गरिएको छ ।
विज्ञप्ति

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology