Logo

२०८३, आश्विन ९गते


images
images

साहित्य

कविता : कालो समय

कविता : कालो समय

images
  • सेतोमसी सहकर्मी
  • कविता : कालो समय
    images
    images

    कविता : कालो समय

    images
    images
    images

    कसैलाई धनैधनको मात्रै खोजी भइरहदा 
    कसैले भोको पेट पनि पाल्न सक्दैन यहाँ ।
    मर्दा साथमा केही लग्न नसक्ने मान्छेले
    दयाको दियो मनमा बाल्न सक्दैन यहाँ।

    images
    images
    images

    कोरोना रोग बढिरहेको देख्छु दिनहुँ तर 
    सहयोगको लागि हात बढाउन सक्दैन ।
    आफू र आफ्नालाई मात्रै बचाउन खोज्छ
    तर अरुलाई आफ्नो ठानेर बचाउँन सक्दैन ।

    images
    images
    images

    स्वार्थले भरिएका देशका चोर नेताहरुले नि
    आज जनतालाई राहत दिन सक्ने रहेनछन् ।
    भोटका लागी हामीबाट सधैं साथ माग्नेले नि 
    हामीलाई गार्हो पर्दा साथ दिन सक्ने रहेनछन् ।

    प्रकृतिको स्याहारमा ध्यान नदिएकाले अचेल 
    सास फेर्ने अक्सिजनको चरम अभाव भएछ ।
    पहिले स्वच्छ रहेको जल,जमिन र जङ्गल नै 
    प्रदुषणका कारण आजभोलि खराब भएछ ।

    बालबालिकाको लागी शिक्षाको पहुँच छैन
    हाम्रा युवाहरुको लागी कुनै रोजगारी छैन ।
    भएको जागिर पनि सुचारु हुन सकेको छैन 
    खस्केको व्यापारिक क्षेत्र उठ्न सकेको छैन ।

    कोरोनाले लक्ष्यको बाटो तटस्थ बनाएको छ
    सकारात्मक समयलाई शुन्यताले छाएको छ
    स्वास्थकर्मी र सुरक्षाकर्मी रातदिन खट्दै छन ।
    दक्ष जनशक्ति सङ्क्रमितको रूपमा बढ्दै छन् ।

    जे भएपनि अहिले सबैजना सुरक्षित भइ बसेर 
    कालो समयमा पनि मनमा आशा जगाई रहेर
    कोरोना हटेपछिका लागि योजना गराउन लागौं 
    भित्री रुपमा सक्रिय बनी सपना सजाउन जागाैँ ।।

    ✍️अमृता भन्डारी (सानी), बुटवल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।