Logo

२०८३, कार्तिक २५गते


images
images

देवदह ५ को प्रारम्भिक योजना निर्माण सुरु

देवदह ५ को प्रारम्भिक योजना निर्माण सुरु

images
  • देवदह ५ को प्रारम्भिक योजना निर्माण सुरु
    images

    देवदह । देवदह नगरपालिका वडा न ५ ले ५ बर्षे रणनीतिक योजना निर्माण सुरु गरेको छ। शनिवार एक कार्यक्रममाबिच  योजना निर्माण समिती, टोल बिकासका अध्यक्ष  र पदाधिकारीहरु, विभिन्न विषय र क्षेत्रगत प्रतिनिधिहरु , वडा जनप्रतिनिधि सहितको संयुक्त भेलाले प्रारम्भिक योजनाको खाका तयार पारेको हो। 

    images
    images
    images

    कार्यक्रममा आर्थिक विकास,  पुर्वाधार विकास, सामाजिक विकास, वन तथा वातावरण गरि चार विषय छुटाएर आगामी ५ बर्षका वडाका योजना लक्ष्य गन्तव्य बजेट, बजेटको स्रोत लगायतका विषयमा समुहगत रुपमा छलफल गरि प्ररम्भिक योजना निर्माण गरेको वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए।जसमा शिक्षा स्वास्थ सामाजिक विकास समुहको नेतृत्व राम बहादुर गुरुङ आर्थिक विकास तर्फ रमेशकुमार पोखरेलको समूह, भौतिक पुर्वधार तर्फ डिल्लीराम सापकोटाको समुह र बन तथा बाताबरण तर्फ हरि पौडेलको समुहले प्रस्तुतीकरण गरि सामुहिक छलफल गरि निचोड निकालिएको थियो। 

    images
    images
    images

    उक्त प्रारम्भिक योजना माथी रणनीतिक योजना निर्माण मुल समिती प्रकाश अर्याल, सुभकान्त न्यौपाने, गोबिन्द ठडराइ, राम बहादुर गुरुङ ,  निर्मल ढुंगाना, विष्णु प्रसाद ज्ञवाली, डिल्लीराम सापकोटा , अन्जु श्रेष्ठ र दुर्गा प्रसाद बश्याल सहितको टोलिले थप छलफल गरि सबैको सुझाव मनन गरि पारित गर्ने वडा अध्यक्ष गणेश डुम्रेले बताए । 

    images
    images

    वडाका दीर्घकालीन महत्त्व र गौरवका योजना, बिकास पुर्वधार  लगायत सबै विषयमा खुल्ला रुपमा सुझाव दिन  देवदहबासीलाई देवदह ५ ले अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह-५
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।