Logo

२०८३, श्रावण २७गते


images
images

देवदह-५ को सार्वजनिक सुनुवाई : शत प्रतिशत योजना कार्यान्वयन

देवदह-५ को सार्वजनिक सुनुवाई : शत प्रतिशत योजना कार्यान्वयन

images
  • सेतोमसी सहकर्मी
  • देवदह-५ को सार्वजनिक सुनुवाई : शत प्रतिशत योजना कार्यान्वयन
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।  वडा कार्यालयले प्रदान गर्ने सेवा र आर्थिक बर्ष २०८०/०८१ को योजनाको बारेमा वडा कार्यालयले सार्वजनिक सुनुवाई गरेको हो । 

    images
    images
    images

    वडा कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ को लागि विनियोजित योजनाको वारेमा नागरिकलाई जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको वडाअध्यक्ष गणेश डुम्रेले जानकारी दिए । सार्वजनिक सुनुवाई कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिदै वडाअध्यक्ष डुम्रेले भौतिक पुर्वाधारसंगै मानवीय विकासका योजना अगाडि बढाउने  बताए ।  वडामा रहेका हरेक विद्यालयमा योग प्रशिक्षक तयार गर्ने, वालमैत्री वडासंगै खुसी र समृद्धि नगर बनाउनको लागि आगामी बर्षको योजना तयार गर्ने उल्लेख गर्दै उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले अगाडि सारेको विकास निर्माणको काममा स्थानीयवासीको सहजीकरण आवश्यक रहेको औल्याए । देवदह–५, मा ९७ प्रतिशत जग्गा नापीको काम सकिएको बताउदै बाँकी काम पनि तत्काल अगाडि बढाउने उनले बताए । 

    images
    images
    images

    सार्वजनिक कार्यक्रममा वडाअध्यक्ष डुम्रेले आर्थिक विकास तर्फ ११ लाख, सामाजिक विकास तर्फ १७ लाख, पुर्वाधार विकास तर्फ ६५ लाख ५० हजार, वातावरण तथा सेवा प्रवाह तर्फ ५ लाख, नगरस्तरीय योजनाको १ करोड ४० लाख बरावरको विकास निर्माणको काम गरेको तथ्यांक सार्वजनिक गरे । उनले वडाले शत प्रतिशत योजना कार्यान्वयन गरेको बताए ।  वडाले यस आर्थिक बर्षमा ३७ लाख ५३ हजार १८० रुपैया राश्व संकलन गर्न सक्षम भएको जानकारी गराउँदै उनले वडामा ४२२ जन्मदर्ता, ५१ मृत्युदर्ता, ५५ विवाह दर्ता, १५ सम्वन्ध विच्छेद र ४८ बसाईसराईको घटना दर्ताको जानकारी दिए । 

    images
    images
    images

    विद्युतको समस्या, वडामा सिसिटिभी जडान भएपनि चोरीका घटना भएको, भौतिक संरचना कमजोर निर्माण गरिएको, बुटवल नारायणगढ बाटो निर्माणको काम समयमा सम्पन्न हुन नसक्दा आमनागरिकले सास्ती भोग्य वाध्य भएको, स्वास्थ्य विमा गर्नेहरुले नगर अस्पतालमा आवश्यक औषधी प्राप्त गर्न नसकेको, नगर अस्पतालको भवन समयमा निर्माण नहुदा नागरिकले समस्या भोग्नु परेको, नगरपालिकाले करको दायरा बढाएपनि सेवा सुविधा नपाएको र बर्षायाममा आउने बाढीको व्यवस्थापन गर्नु पर्ने विषय वस्तु उठान गरेका थिए । 

    सार्वजनिक सुनुवाई कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख धु्रवप्रसाद खरेलले एकिकृत योजना निर्माणमा सार्वजनिक सुनुवाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा बताए । नागरिकको पहुच पुग्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताउदै आवश्यकताको आधारमा योजना प्राथमिकता गर्नुपर्ने बताउंदै उनले नागरिकले प्रदान गरेको मतको कदर गर्ने गरी काम गर्न आग्रह गरे । 

    देवदह नगरपालिका–५, का वडाअध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा विचार राखेका थिए । 

    सार्वजनिक सुनुवाई कार्यक्रममा खानेपानीको विषयमा गुमानसिंह कुवर, सुरक्षाको विषयमा प्रहरी निरिक्षक एक्कबहादुर नेपाली, नगर अस्पतालको विषयमा डा. संज्ञा सेनले विषयगत रुपमा नागरिकले सोधेको प्रश्नको जवाफ दिएका थिए । 

    डिजिटल पत्रिका सेतोमसीको सहजीकरणमा सम्पन्न कार्यक्रममा पत्रकार रामबहादुर गुरुङ्गले सहजीकरण गरेका थिए ।

    सोही अवसरमा वडा कार्यालयले विभिन्न संघसंस्थालाई सम्मान समेत गरेको छ । वडा कार्यालयले वडामा क्रियाशिल रहेको टोल विकास संस्था, वालमैत्री अभियानमा लागेका विद्यालय, उत्कृष्ट उपभोक्ता समिति, ब्रहकुमारी ईश्वरी विश्वविद्यालयलाई सम्मान गरिएको थियो । सार्वजनिक सुनुवाई अघिको औपचारिक कार्यक्रम वडा सदस्य संगीता विकको स्वागत र होमनाथ भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । वडा सदस्य संगीता विकको स्वागत र होमनाथ भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।