देवदह । देवदहमा प्रथम टोलस्तरीय सेभेन ए साईड मैत्रीपूर्ण फुटवल प्रतियोगिता शुरु भएको छ । वडास्तरीय खेलकुद कार्यक्रम उपभोक्ता समितिको आयोजना र देवदह -५, को आर्थिक सहयोगमा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दैै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले खेलकुको विकासको लागि नगरपालिका लागिरहेको बताईन् । उनले खेलकुदले युवाहरुलाई अनुसासन र सहकार्य तर्फ उन्मुख गराउने बताउँदै बेला बेलामा हुने यस्ता प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिइन् ।
प्रतियोगिताको उद्घाटन खेलमा गोठादी टोल विकास संस्था विजयी भएको छ । बैकुण्ठनगर र गोठाडी टोल विकास संस्था वीच भएको खेलमा खेलमा ट्राईवेकरमा बैकुण्ठ नगर टोल विकास संस्था दोश्रो चरणमा प्रवेश गरेको हो ।
यसैगरी दोश्रो खेलमा प्रगति टोल विकास संस्था विजयी भएको छ । नमुना हरियाली टाल विकास संस्थालाई शुन्य का विरुद्ध २ गोलले पराजीत गर्दै प्रगति दोश्रो चरणमा प्रवेश गरेको छ । प्रगतिका लागि गणेश गौतम र निश्चल पौडेलले १÷१ गोल गरेका थिए ।
वडास्तरीय खेलकुद विकास समितिका संयोजक नविन लुईटेलको अध्यक्षता, देवदह नगरपालिका–५, का वडाअध्यक्ष गणेश डुम्रेको स्वागत र संस्कृति घर्तीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको हो ।
प्रतियागिताका विजेताले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका सह संयोजक कुलवीर घर्तीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology