Logo

२०८३, श्रावण २७गते


images
images

ऊर्जामन्त्री लिङ्देनले ५ वर्षे रणनीतिक योजना बनाएर काम गर्ने  

ऊर्जामन्त्री लिङ्देनले ५ वर्षे रणनीतिक योजना बनाएर काम गर्ने  

images
  • ऊर्जामन्त्री लिङ्देनले ५ वर्षे रणनीतिक योजना बनाएर काम गर्ने  
    फाइल फोटो
    images
    images

    काठमाडौं । नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङदेनले पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने बताएका छन्। मंगलबार पदभार ग्रहण गर्दै मन्त्री लिङदेनले मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने पहिलो निर्णय भएको बताए । जसका लागि तीन सदस्यीय कार्य दल बनाउने उनले बताए ।

    images
    images
    images

    मन्त्रालयकै सहसचिवको नेतृत्वमा गठन हुने कार्य दलले मन्त्रालयको आवश्यक्ता र प्राथमिकताहरु निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउने उनले बताए ।
    आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहेपनि त्यसलाई अवसरमा बदल्ने उनले बताए ।

    images
    images
    images

    सबै मन्त्रालयहरुको आ–आफ्नो ठाउँमा महत्व हुने भन्दै उनले नेपाल जस्तो देशको लागि ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनु आफ्नो लागि एउटा महत्वपूर्ण अवसर भएको बताए ।

    images
    images
    images

    ‘भन्नेहरुले सरकारमा गयो कि बिग्री हाल्छ जानै हुँदैन है राजेन्द्र लिङदेनजस्ता मानिसहरु भन्थे । नेपालको सन्दर्भमा सरकारमा जानु, मन्त्री हुनु भनेको नै चुनौतीपूर्ण जस्तो ठानिन्छ । किनकी त्यहाँ गएपछि मान्छे बिग्रिन्छ नै भनेर । नबिग्रेका मानिसहरु त्यहाँ जानुहुन्न भन्ने मेरो शुभेच्छुकहरुले बिहानसम्म पनि सुझाव दिइरहनु भएको थियो । यो चुनौतीपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु । मलाई विश्वास छ’ उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।