Logo

२०८३, श्रावण २७गते


images
images

रूपन्देहीमा राप्रपाको संकल्प यात्रा, लिङ्देन भन्छन् - भोट दिनु पछुताउन पर्दैन

रूपन्देहीमा राप्रपाको संकल्प यात्रा, लिङ्देन भन्छन् - भोट दिनु पछुताउन पर्दैन

images
  • रूपन्देहीमा राप्रपाको संकल्प यात्रा, लिङ्देन भन्छन् - भोट दिनु पछुताउन पर्दैन
    images
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपालाई भोट दिए पछुताउन नपर्ने दावी गरेका छन् । उनले राष्ट्रहीत र नागरिकको अधिकारका लागि कुनै सम्झौता नगरी काम गर्ने बताए । राप्रपाले रुपन्देहीमा शनिबार आयोजना गरेको संकल्प यात्रामा सहभाी हुन आएका लिङ्देनले खैरेनी चोक र धकधई बजारमा आयोजित कोण सभामा बोल्दै यस्तो बताएका हुन् ।

    images
    images
    images

    मतदान गर्नु नागरिक अधिकार भएकाले मत खेर नफाल्न उनले अनुरोध गरेका छन् । प्रत्येक नागरिकले मतदान मार्फत् मुलुकको भविष्य निर्धारण गर्ने भएकाले चुनावमा सहभागी हुन आग्रह गरे । रुपन्देही–१ का राप्रपा उम्मेदवार प्रज्जवल बोहराको प्रचारप्रसारका लागि क्षेत्रमा आएका उनले भविष्यमा विद्रोह गर्न नपर्नेगरि दल र राजाबीच राष्ट्रिय समझदारी गर्न आग्रह गरे पनि बेवास्ता गरिएकाले जनताले नै राप्रपालाई मत दिएर दबाब सिर्जना गर्नुपर्ने जनाए ।

    images
    images
    images

    मुलुकमा राष्ट्रिय समझदारी कायम गर्नका लागि दबाब पुग्ने किसिमले मतदान गर्न आग्रह गरेका छन् । उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन् फागुन २१ गतेसम्म भएकाले सोचेर मात्र आफ्नो मत सदूपयोग गर्न आग्रह गरे । 

    images
    images
    images

    नयाँ समझदारी नगरेको खण्डमा मुलुक दुर्घटनामा पर्ने र नेताहरु भाग्नु पर्ने चेतावनी दिए पनि नसुनेको उनले बताए । २०८४ सालमा गर्नुपर्ने आवधिक निर्वाचन ०८२ मा गर्दैमा समस्या हल नहुने उल्लेख गर्दै जतिसक्दो छिटो राजा र दलबीच नमिलेका कुरा मिलाउनु पर्नेमा जोड दिए । एउटा प्रजातान्त्रिक दलका रुपमा राप्रपा निर्वाचनमा सहभागी भएको उनले बताए । 

    ‘मुलुक निर्वाचनमय भइसकेको छ,’ उनले भने, ‘त्यसैले राजा र दलबीच सहकार्यकालागि शक्ति आर्जन गर्नेगरि हामीलाई भोट दिनुस् ।’ मतदान नगर्दा नागरिकको अधिकार खेर जाने भएकाले विवेक पुर्याएर मतदान गर्न आग्रह गरे ।

    मुलुकमा २०४६ सालपछि दलले अभ्यास गरेको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक शासन भोगिसकेको जनाउँदैं अब पनि पुरानै दललाई मतदान गर्नुअघि हजार पटक बिचार गरेर मतदान गर्न आग्रह गरे । ‘३० वर्षसम्म मुख्य नेताका हातमा मुलुक थियो,’ उनले भने, ‘शासनको जेनाम दिए पनि देश सुधार हुन सकेन ।’ 

    कार्यकर्ताले जय जयकार गरेको देखेर नेताले सबै जनता सुखी छन् जस्तो लाग्ने गरेको उनले बताए । त्यसैले यसअघिका निर्वाचनमा हालेको मत के ? कति सदूपयोग भयो भन्ने सोचेर मात्र भोट हाल्न अनुरोध गरे ।

    रुपन्देही–१ बाट राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा प्रज्जवल प्रतिस्पर्धामा छन् । उनको जितले युवा र देशको प्रतिनिधित्व गर्नसक्ने उनको भनाई छ । क्षेत्रमा राप्रपाले शनिवार र्यालीसहित संकल्प यात्रा गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।