Logo

२०८३, श्रावण २७गते


images
images

मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियो : लिङ्देन

मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियो : लिङ्देन

images
  • सेतोमसी सहकर्मी
  • मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियो : लिङ्देन
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलहरूका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाई थियो । 

    images
    images
    images

    बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्ड आफैँले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरु गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पङ्क्ति संगठन निर्माणमा जुट्नुपर्ने अध्यक्ष लिङ्देनले बताए ।

    images
    images
    images

    उनले भने,‘दलहरूको बिचमा जुन प्रकारको प्रतिद्वन्द्वीता, प्रतिष्पर्धा र अविश्वसनीयताहरू बढ्दै गएका छन् । रातभरमा नै दलहरूले समीकरण परिवर्तन गर्ने, आज यता समर्थन गरेको दलले भोलि उतातिर गर्ने मात्रै होइन, प्रधानमन्त्री आफैँ समीकरण परिवर्तन गर्दै हिँड्ने । यसको प्रकारको जुन गतिविधिहरू बढिराखेको छ । प्रतिनिधिसभाको नै मध्यावधि निर्वाचन हुनसक्ने सम्भावनाहरू देखिराख्या छ ।’ 

    images
    images
    images

    अध्यक्ष लिङ्देनले देश ठुला दलहरूले कमजोर बनाएकाले आफूहरूले त्यसको विकल्प खोज्नुपरेको जिकिर पनि गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।