निश्चल अर्याल, देवदह । रुपन्देहीको देवदह-५ स्थित बुद्ध सामुदायिक वन उपभोक्ता समुहको ११औ सधारण सभाको अवसरमा कार्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ। शुक्रबार प्रतिनिधीसभा सदस्य छबिलाल विश्वकर्माले एक कार्यक्रमबीच नबनिर्मित भवनको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै सांसद बिश्वकर्माले गौतम बुद्ध राष्ट्रिय उद्यान समेत संचालन गरेको बुद्ध सामुदायिक वनले बहुआयमिक ढंगले काम गरेको बताए। बुद्ध सामुदायिक वन नगरपालिकाको मात्र नभएर प्रदेशकै नमुना सामुदायीक वन रहेको उल्लेख गर्दै उनले वनको विकासका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबध्दता व्यक्त गरे।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य आशिषकुमार चौधरीले आफुलाई कार्यक्रममा निमन्त्रणा गरेकोमा धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा वनको लागि आफुले सक्ने सहयोग गर्ने बताए ।
सो अवसरमा संस्थाका अध्यक्ष टेक बाहादुर रानाले बार्षिक प्रतिबेदन पेश गरेका थिए । प्रतिबेदन पेश गर्दै उनले भवन बनाउन जग्गा प्रधान गर्ने ब्यक्तिलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले जाडोयाममा दाउरा वितरण र गर्मीयाममा वन डढेलो नियन्त्रणसंगै रोजगारीका अवसर पनि प्रदान गरेको बताएका थिए ।
कार्यक्रम वनका उपाध्यक्ष थमन सिंह गुरुङको स्वागत मन्तव्य र सन्तोष भट्टराईको संचालनमा सम्पन्न भएको थियो।
सो अवसरमा २१ जना जेष्ठ नगारिक र २० जना फरक क्षमता भएका व्यक्तिलाई सम्मान गरिएको तथा ५० जना विद्यार्थीलाई न्यानो कपडा र ५ जना विद्यार्थीलाई छात्रबृती प्रदान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology