देवदह । देवदह नगरपालिका वडा नं ५ र ६ मा फैलिएको बुद्ध सामुदायिक वन उपभोक्ता समूहको वार्षिक योजना तर्जुमा बैठकले यस वर्षको लागि २६ वटा योजना अघि सारेको छ । गत आर्थिक वर्षका कार्यक्रम र त्यसको प्रभावकारिताको विश्लेषण गर्दै नयाँ योजना अघि बढाइएको वनका अध्यक्ष टेकबहादुर रानाले जानकारी दिए ।
"गत आर्थिक वर्षमा सम्पन्न भएका २३ वटा कार्यक्रमको समिक्षासहित आगामी कार्यक्रम तय गरिएको छ ।" अध्यक्ष रानाले भने, "वन संरक्षण र विकास तथा बुद्ध वनले संचालन गरिरहेको गौतम बुद्ध राष्ट्रिय उद्यान (काष्ठकला) को व्यवस्थापनसहित सामाजिक उत्तरदायित्वका कार्यक्रम आगामी वर्षको लागि तय गरिएको छ ।" 
आगामी वर्षको लागि एक करोड ९० लाख ३८२ रुपैया बराबरको आय-व्यय हुने अनुमान गरेको बुद्ध वनले काठ विक्री, गौतम बुद्ध राष्ट्रिय उद्यान र प्रदेश तथा स्थानीय सरकारको साझेदारीबाट उक्त रकम आम्दानी हुने अपेक्षा गरेको छ । पार्क व्यवस्थापन, झाडी सफाई, छात्रवृत्ति, वन संरक्षण र विकास लगायतका क्षेत्रमा वनले लगानी गर्ने अध्यक्ष रानाले प्रस्तुत गरेको योजनामा उल्लेख छ ।
हेर्नुहोस् आर्थिक वर्ष २०८०।०८१ मा वनले संचालन गरेका कार्यक्रमहरु र आगामी आर्थिक वर्षमा वनले संचालन गर्ने कार्यक्रमहरूको विवरण :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology