राजेश पराजुली, पोखरा । लेखनाथ पुसको जाडो त्यहीमाथी पनि मध्यान्नसम्म कुहिरोले ढकप्प ढाकेको मौशमका बाबजुत पनि कास्कीको लेखनाथमा जारी महोत्सवमा राखीएको रत्यौली गीतको प्रस्तुतीले भने उपस्थित दर्शकहरुलाई तताएको देखिन्थ्यो ।
पुसको महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले भने विवाहको जस्तै पञ्चेवाजाको साथमा बेहुला र बेहुली नै बनाएर विवाह कै जस्तो भल्को दिने गरि रत्यौली गीतलाई स्थान दिएको हो।
महोत्सवको थप आर्कणको रुपमा रहेको रत्यौली गीत अन्तरगत शुक्रवार खास्टेताल बराही महिला समुह पोखरा २६ र मातृशिसु कल्याण महिला समुह पोखरा २८ को प्रस्तुतीले दर्शकलाई थप मनोरङजन प्रदान गरेको थियो ।
महोत्सव अवधिभर दैनिक रुपमा रत्यौली गीतको प्रस्तुतीका लागि १८ बटा समुहले सहभागीता जनाएको र प्रत्येक समुहलाई प्रस्तुतीको आधारमा पुरस्कृत गरिने रत्यौली गितका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् ।
यसैबिच महोत्सवको दोस्रो दिनसम्म आईपुग्दा करिव ४० हजार दर्शकले मेलाको अवलोकन गरेको र करिव एक करोड २० लाख वरावरको आर्थीक कारोवार भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन्।
यसैविच महोत्सवमा राखिएको बिद्यालय स्तरिय कार्यक्रम अन्तरगत सुक्रवार एपेक्स प्रि स्कुल मन्टेश्वी,न्यू लेखनाथ पब्लिक स्कुल र रिलायन्स पब्लिक ईङलिस स्कुलको प्रस्तुती रहेको संयोजक सन्तोष बरालले जानकारी दिएका छन् ।
यता महोत्सवमा मुख्य आर्कषण लोक दोहोरी प्रस्तुती तर्फ रामजी खाड,कृष्ण सुवेदी,केशव देवकोटा,मधु रसाईली,सविना गुरुङ र देवी महतोको प्रस्तुती रहेको थियो भने लाईभ पप कन्सर्ट तर्फ सहिमा श्रेष्ठ र सन्तोष वस्यालको प्रस्तुती रहेको स्टेज संयोजक नेत्रपाणि बास्तोलालले जानकारी दिएका छन् ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा विभिन्न किसिमका तिन सय ३७ वटा स्टल रहेका छन् ।
महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology