Logo

२०८३, आश्विन ९गते


images
images

लेखनाथ महोत्सवको तयारी पुरा

लेखनाथ महोत्सवको तयारी पुरा

images
  • सेतोमसी सहकर्मी
  • लेखनाथ महोत्सवको तयारी पुरा
    images
    images

    राजेश  पराजुली, पोखरा । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १८ औं लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । पोखरा महानगरपालिका वडा नं. २७ तालचोक, डाँडाकोनाकमा हुने महोत्सव बिहीबारदेखि शुरु हुँदैछ । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । 

    images
    images
    images

    महोत्सवले कोभिड-१९, रुस–युक्रेन युद्धलगायतका कारणले वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याज बृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन मद्धत पुग्ने अध्यक्ष आत्रेयको दावी छ ।

    images
    images
    images

    ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको भन्दै अध्यक्ष आत्रेयले औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवर्द्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे । 

    images
    images
    images

    ‘महोत्सवले आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवम् दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजहरुको जगेर्ना गर्दै आन्तरिक एवम् बाह्य पर्यटन प्रवर्द्धन गर्ने विश्वास छ’, उनले भने । 

    महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधि, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहने जनाइएको छ ।

    महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ । 

    यस्तै, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्रीहरुपनि महोत्सवमा राखिने महोत्सव प्रचारप्रसार उपसमिति संयोजक राजेन्द्र ओझाले जानकारी दिए।

    महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु पनि प्रदर्शनी गरिनेछ । यस्तै, फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि महोत्सवमा राखिने ओझाले बताए ।

    महोत्सवको आकर्षणको रुपमा यसपटक बेगनास ताल तथा त्यस वरपरका कोट, मठ मन्दिर तथा हरियाली जंगलहरुलाई सांकेतिक रुपमा प्रतिविम्वित हुनेगरी प्रदर्शन गरिने भएको छ। 

    त्यसका अलावामा यसअघिका महोत्सवमा झैं यस पटकपनि स्थानीय माछा, मह र कफी आकर्षणका रुपमा रहनेछन् । लेखनाथ क्षेत्रका ताल तथा पोखरीमा उत्पादन भएका माछाहरु बिक्रीका लागि राखिने जनाइएको छ। 

    बेगनासताल, रुपातालसहित त्यस आसपासका पोखरीमा उत्पादित माछा बेच्नका लागि राखिने प्रचार संयोजक ओझाले जानकारी दिए। 

    लेखनाथ तथा आसपासका क्षेत्रमा उत्पादन भएका कफीका साथै महसमेत बिक्रीका लागि राखिने उनले बताए । महोत्सवमा बाल उद्यानसमेत आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ । साना साना बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्म भुल्ने र झुल्नेगरी बाल उद्यान तयार गरिएको ओझाले बताए।

    महोत्सवको अवसरमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्ट हुने भएको छ । दिउँसो लोक दोहोरी कार्यक्रम हुनेछन् भने साँझमा चर्चित व्याण्डहरुले स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा रत्यौली प्रतियोगिता विशेष आकर्षणका रुपमा रहने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लेखनाथ महोत्सव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।