Logo

२०८३, आश्विन ९गते


images
images

लेखनाथ महोत्सव जारी : दर्शकको आकर्षण बढ्दो, करिब ६ करोडको कारोबार

लेखनाथ महोत्सव जारी : दर्शकको आकर्षण बढ्दो, करिब ६ करोडको कारोबार

images
  • सेतोमसी सहकर्मी
  • लेखनाथ महोत्सव जारी : दर्शकको आकर्षण बढ्दो, करिब ६ करोडको कारोबार
    images
    images

    राजेश  पराजुली, पोखरा । पुस ७ गतेदेखि लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवको हालसम्म १ लाख ४५ हजार दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सवको सातौं दिनसम्म आइपुग्दा करिब छ करोडको कारोबार भएको महोत्सवका प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन् ।

    images
    images
    images

    महोत्सवको पहिलो दिन कुल ३० हजार दर्शकले अवलोकन गरेका थिए भने दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार र १३ गते २० हजार गरी कुल १ लाख ४५ हजार दर्शकले अवलोकन गरीसकेका छन् । मंगलबारसम्म ४ करोड ९० लाखको कारोबार भएको महोत्सवमा बुधबार मात्रै १ करोड बराबरको कारोबार भएकोमा हालसम्म ५ करोड ९० लाखको कारोबार भएको छ ।

    images
    images
    images

    महोत्सवमा मनोरञ्जनका लागि दैनिकजसो रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् । बुधबार भएको लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु सुमन परियार, घनश्याम रिजाल, बालकृष्ण वाग्ले, नेत्र खडका, गायिकाहरु अस्मिता डल्लाकोटी, ईन्द्रा गुरुङ, सरिता सारु मगरलगायतको प्रस्तुती रहेको थियो भने लाइभ कन्सर्टतर्फ उर्गेन दोङ, एलविन थापा र सुसन बागदासको बेजोड प्रस्तुतीले स्टेज तताएको थियो ।

    images
    images
    images

    बिहीबार हुने लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु चन्द्र शर्मा, प्रकाश पराजुली, नवराज अधिकारी, सुमन खड्का, गायिकाहरु सम्झना लामिछाने मगर, माया गुरुङ, दुर्गा क्षेत्री, हाँस्यव्याग्य तर्फ राजा राजेन्द्रको प्रस्तुती रहनेछ । यस्तै बेलुका हुने लाइभ कन्सर्टतर्फ र्यापर आशिष राना (लाउरे) र श्रृतु कँडेलको बेजोड प्रस्तुती रहनेछ ।

    निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको बुधबार स्याङ्गजा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठसहित संघका महिला उद्यमीहरुसहितको टोली, फर्निचर एशोसिएसन नेपालका केन्द्रीय द्वित्तीय उपाध्यक्ष युवराज पौडेलको नेर्तत्वमा जिल्ला र प्रदेशको टोलीले अवलोकन गरेका थिए ।

    ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ ।

    यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानहरुले स्टल राखेका छन् ।

    सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लेखनाथ महोत्सव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।