Logo

२०८३, आश्विन ९गते


images
images

लेखनाथ महोत्सव पुसको पहिलो सातादेखी हुने

लेखनाथ महोत्सव पुसको पहिलो सातादेखी हुने

images
  • सेतोमसी सहकर्मी
  • लेखनाथ महोत्सव पुसको पहिलो सातादेखी हुने
    images
    images

    राजेश पराजुली, पोखरा । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याती कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि १८ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने उद्धेश्यले शनिवार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ७ गते देखि १८ गते सम्म पोखरा २७ को तालचोकमा १८ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराईएको हो ।

    images
    images
    images

    कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रर्दशनीबाट सुृरु गरेको महोत्सवलाई समयानुकुल परिस्कृत र परिमार्जन गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सब गर्दै आएको बताए । लेखनाथमा पर्यटकिय क्षेत्रको विकास गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यशाला गोष्ठि गर्ने आत्रेयले जानकारी दिए ।

    images
    images
    images

    पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिंदै आत्रेयले घरेलु उत्पादनका सामग्रीहरुको प्रर्दशनी गरी उद्यमी व्यवसायीहरुको प्रवद्र्धन गर्ने बताए । साथै उनले लेखनाथ महोत्सब मनोञ्जनात्मक पक्षबाट मात्र नभै उपलब्धिमुलक रुपमा आयोजना गरिएको स्पष्ट पारे । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा ३३७ स्टल रहने र २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको मेला प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका थिए । साथै ओझाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवमं दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रवद्र्धन गर्दै कोभिड १९ तथा रुस युक्रेन युद्ध जस्ता कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनु नै १८ औं संस्करणको लेखनाथ महोत्सवको मूख्य उद्धेश्य रहेको बताए ।

    images
    images
    images

    महोत्सवमा १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । महोत्सवमा ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने बताईएको छ । बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ ।

    महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन, लघु घरेलु तथा साना उद्योगहरुको प्रर्वद्वन, आवश्यक ज्ञान, सीप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित उपभोग्य वस्तु तथा सेवाहरुको प्रर्वद्वन, जातिय, भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एंव बाह्य पर्यटक आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने लक्ष्य लिएको छ । महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन ।

    महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छन । कार्यक्रममा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारी, पोखरा महानगरपालिका वडा नं.२६ का

    वडाअध्यक्ष नरेन्द्र थापा, पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले लेखनाथ महोत्सबले लेखनाथ क्षेत्रको पहिचान बोकेको बताउँदै आगामी दिनमा महोत्सवलाई समय सापेक्ष अनुसार परिस्कृत गर्दै महोत्सव सञ्चालन गर्न आयोजकलाई सुझाब दिएकी थिईन । संघका वरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव उपेन्द्र सुवेदी (राजु) ले गरेका थिए ।

    महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजकको रुपमा रहेको छन् ।

    महोत्सवलाई विभिन्न जातजातीले सघाउने

    महोत्सवलाई यसपटक पनि विभिन्न जातजातीले सघाउने भएका छन । विगतका महोत्सवहरुमा जस्तै यस पटक पनि आफ्नो भेष भुषा सहित कला संस्कृती, रहनसहन, जिवनशैली झल्कीने झाँकी सहित सहभागिता जनाउने प्रतिवद्धता जनाएका हुन ।

    शनिबार झाँकी र्याली व्यवस्थापन उप–समितिको आयोजनामा सम्पन्न छलफल तथा अन्र्तक्रियामा उप–समितिकी संयोजक बुद्धि कुमारी मगरले लेखनाथ महोत्सव सबै जातजातिको साझा पर्व भएको वताउँदै सक्रियताका साथ आफ्नो पहिचान झल्किने गरी झाँकी र्यालीमा सहभागी हुन आव्हान गरेकी थिईन ।

    कार्यक्रममा संघका अध्यक्ष एवं मुल संयोजक छत्रधर आत्रेयले लेखनाथ क्षेत्रका सम्पुर्ण जातजाती र संघ संस्थाले आफ्नै महोत्सवको रुपमा अपनत्व लिएको कारणले लेखनाथ महोत्सव महोत्सवको पनि महोत्सव भएको वताएका थिए ।

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पुर्व अध्यक्ष बाबुराम गिरीले विगतदेखी नै विभिन्न जातजातीहरुले महोत्सवलाई सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको वताउँदै आगामी दिनहरुमा पनि त्यस किसिमको साथ पाउने विश्वास व्यक्त गरेका थिए । यस्तै ङयोए तमु धि. लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङले सबैको सल्लाह सुझावलाई संघले मनन गर्ने गरेका कारण नै सम्पुर्ण लेखनाथवासीले महोत्सवलाई आफ्नो सानझा पर्वको रुपमा लिएको वताएका थिए ।

    महोत्सवमा निकालीने झाँकी र्याली अन्र्तराष्ट्रिय स्तरको रहेको वताउँदै यसले महोत्सवलाई र सवै जातजातिलाई पनि छुटृै पहिचान दिएको र पुरस्कृत गर्दा उचीत मुल्याड्ढन गर्नुपर्नेमा जोड दिएका थिए । उक्त अवसरमा संघका बरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह–संयोजक विनोद कुमार श्रेष्ठ, उप–महासचिव जानुका पराजुली लगायत विभिन्न जातजाती सँग सम्बन्धीत संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले आफ्नो धारणा व्यक्त गरेका थिए

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लेखनाथ महोत्सव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।