देवदह । युवा कवि महेश्वर शर्माद्वारा लिखित 'संवेदनाको आकार' नामक कृति लोकार्पण भएको छ । अनुराग साहित्य समाजको तेस्रो अधिवेसनको सन्दर्भमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार डा नवराज लम्साल, वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी तथा आख्यानकार महेश पौड्यालद्वारा कविता संग्रह संवेदनाको आकार लोकार्पण गरिएको हो।
अनुराग साहित्य समाजको कृति लोकार्पण, स्रष्टा सम्मान तथा तेस्रो अधिवेसन लेखिएको ब्यानरमा आयोजित कार्यक्रममा आफ्ना रचना सुनाउँदै वरिष्ठ साहित्यकार लम्सालले आफुले लेखेको महाकाव्य 'अग्नि' को चर्चा गरे।
कार्यक्रममा लोकार्पण गरिएको 'संवेदनाको आकार' नामक कृतिको बारेमा बोल्दै कवि महेश्वर शर्माले आफ्ना माता पिताको चरण स्पर्श गरेर कृतिभित्रका केही कबिता वाचन गरेका थिए।
कार्यक्रममा बोल्दै कथाकार एवम आख्यानकार महेश पौड्यालले लेखक महेश्वर शर्मालाई कृति बिमोचनको शुभकामना व्यक्त गर्दै आगामी साहियतिक यात्राको शुभकामना दिएका थिए। सो अवसरमा देशका विभिन्न स्थानाबाट उपस्थित साहित्यकारहरुले आ-आफ्नो रचनाहरु वाचन गरेका थिए।
पहिलो चरणको कृति विमोचन कार्यक्रम समाजका अध्यक्ष निर्मल ढुङ्गानाको अध्यक्षता, वरिष्ठ साहित्यकार डा नवराज लम्सालको प्रमुख आतिथ्यता र संस्थाका सचीव श्याम न्यौपानेको संचालनमा सम्पन्न भएको थियो
दोस्रो चरणको कार्यक्रम अर्थात अनुराग साहित्य समाजको अधिवेशनका लागि अधिबेशन निर्वाचन समितिका संयोजक डासिराम पाण्डेले बन्न लागेको नयाँ समिती निर्विरोध भएको र यमलाल अर्यालको अध्यक्षतमा रहेको १२ सदस्य समितीमा वरिष्ठ उपाध्यक्ष सरस्वती बस्याल, उपाध्यक्ष श्याम न्यौपाने, सचिव शिव प्रसाद काफ्ले, सहसचीव राजकिरण अर्याल, कोषाध्यक्ष अनन्तराम भण्डारी, सदस्यमा जानुका लम्साल, भगवती शर्मा तिवारी, राहुल देव सापकोटा, रिता पराजुली, पुजा ढुङ्गाना, दिप मिलनको नाम घोषणा गरेका थिए ।
कार्यक्रममा सेतो सुनखानीका लेखक शम्भु अर्याल, हुटिट्याउको मनका लेखक दीन पन्थी, एकलब्यको देब्रे हातका लेखक गिरी श्रीस मगर र तमोरका सुसेलीका लेखक लक्ष्मी किशोर सूबेदीलाई सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology