Logo

२०८३, श्रावण २७गते


images
images

साहित्य

अनुराग साहित्य समाज नेपालको अध्यक्षमा बस्याल

अनुराग साहित्य समाज नेपालको अध्यक्षमा बस्याल

images
  • अनुराग साहित्य समाज नेपालको अध्यक्षमा बस्याल
    images
    images

    देवदह । अनुराग साहित्य समाज नेपालको अध्यक्षमा सरस्वती वस्याल चयन भएकी छन् । समाजको बरिष्ठ उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा शिवप्रसाद काप्mले, सचिवमा अनन्तराम भण्डारी, सहसचिवमा दलबहादुर विक र कोषाध्यक्षमा रीता पराजुली चयन भएका छन् । यसैगरी सदस्यहरुमा जानुका लम्साल, भगवती शर्मा तिवारी, मधु भण्डारी, पुजा ढुंगाना र मिनप्रसाद भट्टराई चयन भएको संस्थापक अध्यक्ष निर्मल ढुंगानाले जानकारी दिए ।

    images
    images
    images

    शुक्रवार देवदहमा सम्पन्न कवि नवराज पराजुली कविता कन्सर्ट, स्रष्टा समान तथा अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अनुराग साहित्य समाज नेपालका अध्यक्ष यमलाल अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कवि नवराज पराजुलीले आफ्ना विभिन्न चर्चित कविताहरु मार्फत दर्शक र श्रोताहरुलाई मन्त्रमुग्ध पारेका थिए । 

    images
    images
    images

    करिव डेढ घण्टा कविता प्रेमीहरु माझ रहेका कवि पराजुलीले कार्यक्रममा ‘रुख’, ‘हेप्पी बर्थडे’, ‘कथामा भेटौंला’, र ‘तिमी उसको हुनु’ शिर्षकका कविता पस्किएका थिए । भावुक शैलिमा कवि प्रस्तुत हुँदा समय समयमा सहभागिहरुका आँखा रसाएको देखिन्थ्यो । 

    images
    images
    images

    सोहि कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख गुरुङ्गले भौतिक विकासलाई मात्र विकास नमानेर कला र साहित्यलाई पनि विकासको पाटोका रुपमा हेर्नुपर्ने उल्लेख गरिन् । उनले देवदह नगरले प्रज्ञा प्रतिष्ठान गठन गर्ने भनि अघिल्लो नगर सरकारकै पालामा निर्णय भएपनि हालसम्म गठन हुन नसकेको बताईन् । उनले अब छिट्टै प्रतिष्ठान गठनको लागि पहल गर्ने सो अवसरमा प्रतिवद्धता व्यक्त गरिन् ।

    उक्त अवसरमा साहित्य क्षेत्रमा सहयोग पु¥याएको भन्दै संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । जसमा नरेन्द्र अनुराग साहित्य पुरस्कार २०७९ बाट साहित्यकार सरस्वती तिमिल्सिेना र २०८० बाट साहित्यकार वनमाली निराकार रहेका छन् । उनीहरुलाई  नगद सहित सम्मान गरिएको संस्थाले जनाएको छ । यसैगरी देवदहमा रहेर कविता मार्फत आफ्नो पहिचान स्थापित गराउन सफल साहित्यकार यज्ञप्रसाद न्यौपानेलाई कविता रत्न सम्मान–२०८१ तथा  अनुराग गौरव सम्मान २०८१ बाट मुकेश ज्ञवाली सम्मानित भएका छन् । 

    सञ्चारको क्षेत्रबाट संस्थाको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै रेडियो देवदहका निमित्त स्टेशन म्यानेजर गोविन्द घर्ती र पत्रकार कमला अर्याललाई सम्मान गरिएको छ । यसैगरी संरक्षण श्री सम्मान २०८१ बाट देवदह नगरपालिका, श्रेष्ठ योगदान सम्मान २०८१ बाट शिव प्रसाद काफ्ले र रीता पराजुलीलाई सम्मान गरिएको छ । 

    त्यसैगरी समर्पण रत्न सम्मान २०८१ बाट राजकिरण अर्याल र गोमा बस्याल तथा संस्थामा एक लाख ११ हजार १११ रुपैंया बराबरको लक्ष्मीदेवी अनुराग स्मृति अक्षयकोष स्थापनाका लागि सहयोग पु¥याउने नवनिर्वाचित अध्यक्ष बस्याललाई अक्षयकोष सम्मान २०८१ प्रदान गरियो ।

    कार्यक्रममा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, लगाएत जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अनुराग साहित्य समाज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।