देवदह । रुपन्देहीको देवदहमा अनुराग साहित्य समाजले कविता कन्सर्ट तथा स्रष्टा सम्मान कार्यक्रम गर्नेभएको छ । संस्थाको चौथो अधिवेशनको अवसर पारेर यहि चैत्र १५ गते चर्चित कवि नवराज पराजुलीको कविता कन्सर्ट तथा स्रष्टा सम्मान कार्यक्रम गर्न लागेको आईतवार पत्रकार भेटघाट कार्यक्रम गरि जानकारी गराइएको हो । ।
कार्यक्रममा अध्यक्ष यमलाल अर्यालले विगत एक दशक अघिबाट विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको समाजले त्यसको निरन्तरता स्वरुप कार्यक्रम आयोजना गरिएको जानकारी गराए । सो अवसरमा पराजुलीले ६ वटा कविता प्रस्तुत गर्ने अर्यालले बताए । ‘हामीले यसअघि पनि विगतमा विभिन्न अवसर पारेर कार्यक्रमहरु गरिरहेका छौं ।’ उनले भने, ‘यो पटक पनि चर्चित कविको उपस्थितिमा कविता कन्सर्ट गर्दैर्छौ ।’ अर्यालले कार्यक्रमको लागि एक लाख ७६ हजार रुपैंया खर्च लाग्ने र कार्यक्रममा देवदह नगरपालिकाको सहयोग रहने बताए ।
सोहि अवसरमा संस्थापक अध्यक्ष निर्मल ढुङ्कानाले कविता कन्सर्टको लागि कवि पराजुली चैत्र १३ गते देवदह आउने र १४ गते देवदहका सामुदायिक विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीहरुलाई कविता लेखन कार्यशाला सञ्चालन गर्ने जानकारी गराए । देवदह बसाईको क्रममा पराजुलीले देवदहका पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्ने र पाकरी बृक्षमा ध्यान गर्ने कार्यक्रम रहेको पत्रकारहरु माझ बताए ।
कार्यक्रममा बोल्दै संस्थाका सचिव शिव काफ्लेले उक्त अवसरमा विशेष श्रष्टा सम्मान गरिने जानकारी गराए । उनले नरेन्द्र अनुराग अक्षयकोश २०७९ बाट ‘पाइला पाइलामा पाइला टेकेर’ कविता संग्रहबाट नवलपुरकी सरस्वती तिमिल्सिनालाई सम्मान गरिने र सोहि विधाको २०८० तर्फ ‘नयाँ सालिकको जन्म’ लघुकथाबाट रुपन्देहीका बनमाली निराकारलाई सम्मान गरिने भएको छ ।
सो कार्यक्रममा रमेश स्मृती कोषले प्रदान गर्ने रमेश स्मृती सम्मानबाट घनकुटाका कवि रोशन परियार र प्रोत्साहन पुरस्कारबाट रुपन्देही देवदहकी समज्ञा अधिकारीलाई सम्मान गरिनेभएको छ । साहित्यमा रुचि राख्ने तीन सय भन्दा बढिको उपस्थित रहने कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology