Logo

२०८३, श्रावण २७गते


images
images

अनुराग साहित्य समाजको 'धम्म साहित्यिक यात्रा'

अनुराग साहित्य समाजको 'धम्म साहित्यिक यात्रा'

images
  • अनुराग साहित्य समाजको 'धम्म साहित्यिक यात्रा'
    images
    images

    देवदह । अनुराग साहित्य समाज नेपालले मंसिर २२ गते शनिबार धम्म साहित्यिक यात्रा सम्पन्न गरेको छ । साहित्य लेखनमा बौद्ध इतिहासको ऐतिहासिक पक्ष लेखकका लागि आवश्यक हुने कुरालाई महसुस गरी धम्म साहित्यिक यात्राको आयोजना गरिएको संस्थाका अध्यक्ष यमलाल अर्यालले जानकारी दिए । 

    images
    images
    images

    बिहान ७ बजे देवदहको खैरेनीबाट सुरु भएको धम्म साहित्यिक यात्रा रातिको ९ बजे पुन खैरेनीमा फर्किएर समापन भएको थियो । 

    images
    images
    images

    बौद्ध सम्पदासँग जोडिएको सग्रहवा, निग्लिहवा, तिलौराकोट, गोटीहवा, कुदान, लुम्बिनी लगायतका स्थानहरुमा पुगेर त्यहाँको ऐतिहासिक पक्षबारे बुझ्ने गरि अत्यन्तै रोचक ढङ्गले धम्म साहित्यिक यात्रा पूरा गरिएको यात्रा संयोजक रीता पराजुलीको भनाइ छ । 

    images
    images
    images

    विडुडवले ९९९० जनालाई हत्या गरि रगतको ताल बनाएको स्थल सग्रहवा, कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवा,राजा शुद्धोधनको प्राचीन राजदरवार रहेको तिलौराकोट, क्रकुछन्द बुद्ध जन्मिएको स्थल गोटिहवा, बुद्धले ज्ञानप्राप्ति पछि कपिलवस्तु आएर पहिलोपटक बुद्ध वचन प्रदान गरेको स्थान कुदान (नग्रोधाराम), बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धको मावलीस्थल देवदहका बारेमा सम्बन्धित ठाउँमा पुग्दा उक्त ठाउँको इतिहासबारे संस्थाका संस्थापक अध्यक्ष निर्मल ढुङ्गानाले परिचर्चा गरेका थिए । 

    अनुराग साहित्य समाजका आजीवन सदस्यहरुको सहभागीता रहेको  धम्म साहित्यिक यात्राका लागि सहभागीहरुबाट प्रतिब्यक्ति दुई हजार उठाइएको संस्थाका सचिव शिवप्रसाद काफ्लेले  बताए  ।

    यात्रामा अध्यक्ष अर्यालसहित, निर्मल ढुङ्गाना, सरस्वती बस्याल, श्यामप्रसाद न्यौपाने, शिवप्रसाद काफ्ले, मुकेश ज्ञवाली, प्रमोद खनाल, नमकान्त पाण्डे, दीप मिलन, विरेन्द्र पाण्डेय, रीता पराजुली, जानुका लम्साल, समिन गैरे, भगवती शर्मा तिवारी, मधु भण्डारी, पूजा ढुंगाना, विमला अर्याल, नरेन्द्रप्रसाद शर्मा, कृष्णप्रसाद अर्याल, हरिमाया अर्याल, सुशीला भण्डारीलगायतले  गीत, गजल, मुक्तक, कविता तथा साहित्यिक रचना वाचन गरेका थिए । 

    एकसय बढी रचना वाचन भएको धम्म साहित्यिक यात्रालाई आगामी दिनमा समेत निरन्तरता दिइने संस्थाका वरिष्ठ उपाध्यक्ष सरस्वती बस्यालको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अनुराग साहित्य समाज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।