काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयको आजसम्मको तथ्यांकका आधारमा नेपालमा कोरोना निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ ।
यसैगरी २४ घण्टामा २० हजार १ सय १० जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
यता २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology