Logo

२०८३, आश्विन ९गते


images
images

सुनवल-७ द्वारा ‘उज्यालो वडा' अभियान सुरु, 'सेल्फ अनअफ' हुने एक सय सडकबत्ती जडान

सुनवल-७ द्वारा ‘उज्यालो वडा' अभियान सुरु, 'सेल्फ अनअफ' हुने एक सय सडकबत्ती जडान

images
  • सुनवल-७ द्वारा ‘उज्यालो वडा' अभियान सुरु,   'सेल्फ अनअफ' हुने  एक सय सडकबत्ती जडान
    images
    images
    रेशम अधिकारी, नवलपरासी । सुनवल नगरपालिका वडा नं ७ ले ‘उज्यालो वडा’ अभियान सुरु गरेको छ। अभियान अन्तरगत वडाका विभिन्न चोक तथा सडकहरुमा सडक बत्ती जडान कार्य थालेको छ। वडा नं. ७ को मुख्य बजार, सडक तथा चोकहरुमा सडकबत्ती जडान गरिएको वडा कार्यलयले जनाएको छ।
    ज्यामिरेदेखि असनैया, गणेशबस्ती हुदै  बेतलौरीसम्म प्रत्येक बत्तिको 'पोलमा सेल्फ अनअफ सडकबत्ती' जडान गरिएको वडा सचीव घनश्याम ज्ञवाली दिए। उनका अनुसार वडा नं. ७ मा मुख्य चोक र सडक गरी एक सय बत्ती जडान गरिएको छ ।
     
    वडालाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ती जडान कार्य निरन्तर भइरहेको वडा अध्यक्ष नारायण प्रसाद आचार्यले बताए । ‘उज्यालो वडा’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ उनले भने ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले वडा उज्यालो हुँदै गएको छ।’
     
    अध्यक्ष आचार्यले उज्यालो वडा कार्यक्रमलाई निरन्तरता दिने समेत बताएका छन् । उनले वडा नम्बर ७ मुख्य समस्य बाटोको पनि प्रक्रिया अगाडि बढेको र चाडैं सुरु हुने बताए । वडाद्वारा जडान गरिएका सडकबत्ती रात पर्दा आफैं बल्ने र उज्यालो हुँदा आफैं बन्द हुने प्रविधिका छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।