सुनवल । सुनवल नगरपालिका-७ मा रहेका तीन विद्यालयलाई १४ थान ल्यापटप वितरण गरिएको छ । लोकेश्वर सामुदायिक वन उपभोक्ता समूह र वडा कार्यालयको सहकार्यमा सामुदायिक विकास कार्यक्रम अन्तर्गत स्थानीय विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ल्यापटप वितरण गरिएको हो ।
लोकेश्वर सामुदायिक वनका अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनज्योति आधारभूत विद्यालय ज्यामिरेलाई ३ थान, जनजागृत विद्यालय तरगौलीलाई ३ थान र ज्योति माध्यमिक विद्यालय अस्नैयालाई ८ थान गरी जम्मा १४ थान ल्यापटप हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका लागि लोकेश्वर सामुदायिक वनबाट ६ लाख रुपैयाँ र वडा कार्यालयबाट ४ लाख रुपैयाँ गरी कुल १० लाख रुपैयाँ लगानी गरिएको वडा अध्यक्ष नारायण आचार्यले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology