कृष्ण अन्जान रुरु रुरुक्षेत्र गाउँ पालिका वडा न १ मा कार्यालय खुल्ने बित्तिकै आईतवार भिडभाड देखिन्थ्यो । एकातिर गाउँपालिकाका कर्मचारी र रुरुक्षेत्र गाउँपालिका वडा न १ काे भट्कुवा ,रिडी र च्यूरेकका जनसमुदायकाे भिडभाड दिनभरि रह्याे । मुख्यतः वडामा गाउँ पालिका द्दारा विनियोजन गरेका विविध क्षेत्रका याेजनाहरुलाई सम्झौता गराउन आयाेजना गरिएकाे याेजना शिविरकाे परिदृश्य हाे याे ।
याे शिविरमा सडक, शिक्षा खानेपानी, विद्युत, मन्दिर, सामुदायिक भवन लगाएतका याेजना हरुका स्थानीय उपभाेक्ता समूह सँग याेजना सन्झौता गरिएकाे छ । याेजना सम्झौता गर्न गाउँपालिकामा जानूपर्ने वाध्यतालाई न्युनिकरण गर्न विगत वर्षदेखि याेजना सम्झौता शिविरकाे रुपमा गरिएकाे रुरुक्षेत्र गाउँ पालिकाका प्रमुख कार्यकारी अधिकृत मधुकृष्ण पौडेलले जानकारी दिए ।
शिविरमा प्राविधिक ईस्टिमेट, याेजनाका लागि वडाकाे सिफारिस, याेजनाकाे सम्झौता साथै बैँक खाता सन्चालन समेत शिविरबाट भएकाे रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सचिव राम प्रसाद ज्ञवालीले जानकारी दिए ।
रुरुक्षेत्र गाउँपालिका वडा न १ मा आईतवार २० वटा याेजनाकाे सम्झौता सम्पन्न भएकाे सचिव ज्ञवालीकाे भनाई छ । रुरुक्षेत्र गाउँ पालिकाले आईतवार सम्म वडा न २ ,३ र १ मा शिविरकाे आयाेजना गरेकाे जनाएकाे छ ।
शिविरमा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत मधुकृष्ण पौडेल, ईन्जिनियर मिलन श्रेष्ठ, आईटि इन्जिनियर ईश्वरी न्यौपाने, याेजना शाखा प्रमुख रुद्र हरि पुरी, वडा न १ का वडाध्यक्ष नवराज विक, वडा सदस्य घनस्याम ज्ञवाली, लक्ष्मी विक लयायत वडाका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology