Logo

२०८३, आश्विन ९गते


images
images

कोभिड एक्सन टिम (क्याट ) पर्साद्वारा हिमाल अक्सिजन उद्योगको  अनुगमन

कोभिड एक्सन टिम (क्याट ) पर्साद्वारा हिमाल अक्सिजन उद्योगको  अनुगमन

images
  • सेतोमसी सहकर्मी
  • कोभिड एक्सन टिम (क्याट ) पर्साद्वारा हिमाल अक्सिजन उद्योगको  अनुगमन
    images
    images

    सुरज श्रेष्ठ बिरगंज , जेष्ठ ०८ गते शनिबार।
    कोभिड एक्सन टिम (क्याट) पर्साले अक्सिजन उद्योगको अनुगमनलाई शनिवार पनि निरन्तरता दिएको छ ।

    images
    images
    images

    यसअघि मधु अक्सिजन उद्योगमा अनुगमन गरेको क्याटले शनिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा रहेको हिमाल अक्सिजन प्लान्टमा अनुगमन गरेको छ । 

    images
    images
    images

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण हटस्पट बनेको वीरगञ्जमा अक्सिजनको अभाव भइरहेको अवस्थामा अक्सिजन उद्योगहरुले अन्य ठाउँमा बिक्रि वितरण गरिरहेको भन्ने आशंकामा क्याटले अनुगमन थालेको हो ।

    images
    images
    images

    क्याटका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी नेतृत्वको टोलीले अनुगमनको क्रममा १ हप्ताको तथ्यांक हेर्दा सन्तोषजनक नरहेको ठहर गरेको हो । 

    बैशाख २ र ३ गतेको तथ्यांकअनुसार वीरगञ्जका अस्पतालभन्दा पनि बाहिर बढी पठाएको पाइएपनि ४ गतेपछिको तथ्यांकमा वीरगञ्जमै सप्लाइ भएको पाइएको छ ।
    कुल ४ सय देखि ५ सय ठूलो अक्सिजन सिलिण्डर र सानो १ सय देखि १ सय ५० सम्मको उत्पादन क्षमता रहेको उद्योगका प्लान्ट प्रबन्धक बिजेन्द्र यादवले बताए । 

    क्याटको टोलीलाई यादवले उद्योगको अनुगमन गराउँदै अवस्थाको बारेमा जानकारी गराएको क्याटका सदस्य एवम् जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमदले जानकारी दिए ।
    संयोजक अन्सारी, जसपा पर्साका सचिव अहमदसहित अनुगमन टोलीमा नेपाली कांग्रेस पर्साका सचिब श्याम पटेल, नेकपा एमालेका सञ्जिव मिश्रा, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत अर्जुन पौडेल, नेपाल पत्रकार महासंघ पर्साका सदस्य अमित अग्रवाल, आदित्य ठाकुर  लगायतको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिरगंज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।