Logo

२०८३, आश्विन ९गते


images
images

संसद विघटन प्रकरण

एमाले नेता माधव नेपाल सहित ४ दलको वक्तव्य : जनतालाई दुःख र कष्टको भुमरीमा धकेलियो 

एमाले नेता माधव नेपाल सहित ४ दलको वक्तव्य : जनतालाई दुःख र कष्टको भुमरीमा धकेलियो 

images
  • एमाले नेता माधव नेपाल सहित ४ दलको वक्तव्य : जनतालाई दुःख र कष्टको भुमरीमा धकेलियो 
    images
    images

    काठमाडौं । एमाले नेता माधव नेपाल सहित ४ दलले प्रधानमन्त्री र राष्ट्रपतिको कदमले महामारीको पिडामा रहेका जनतालाई थप दुःख र कष्टको भुमरीमा धकलेको बताएका छन् । शनिबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेताहरूले यस्तो बताएका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री र राष्ट्रपतिले संसदबाट अनिवार्य विश्वासको मत लिने प्रक्रियामा सहभागी हुनुपर्ने संविधानको बाध्यकारी नियमलाई समेत नमानी नियोजीत रुपमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गराई अन्ततः संसद विघटन गरिनु असंवैधानिक भएको बक्तव्यमा उल्लेख छ ।

    images
    images
    images

    वक्तव्यमा अगाडि भनिएको छ - "प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी निरंकुश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भत्र्त्सना गर्दछौँ । राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भई राजनीति र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं ।"

    images
    images
    images

    कांग्रेस सभापती शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकि अध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरीत वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन गर्ने कार्य प्रतिगनकारी कार्यभएको उल्लेख गर्दै एकजुट भई नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रिक गणतन्त्र, सामवेशी लोकतन्त्र एवम् नेपालको सर्वोपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायमा हार्दिक आव्हान गरिएको छ ।FB_IMG_1621676353996.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।