राजेश पराजुली,गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै चुनाव नलड्ने घोषणा गरेका हुन्।‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु,’ गोरखालाई सम्बोधन गरी लेखिएको स्ट्याटसमा भनिएको छ।२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएकोमा आभार व्यक्त गरेका छन् ।
यद्यपि आफूले चुनाव नलड्ने घोषणा गरेपनि राजनीति भने नछाड्ने बताएका छन्।‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ उनले भने, ‘तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो। म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology